OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७७सुर्खेत
५७७ पटक

सुर्खेत, २४ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो आवश्यक भएको बताउनुभएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीहरुसँग गर्नुभएको भर्चुअल बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको आवश्यकता पुरागर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो । “कर्णालीका पाँच जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रसारण लाईन पुगेको छैन,” उहाँले भन्नुभयो, “प्रदेश राजधानीमै पनि विद्युत आपूर्तिमा बारम्बार अवरोध भईरहेको छ । यो समस्या समाधानमा संघीय सरकारको ध्यानाकर्षण गराउँदछु ।”
तत्काल राष्ट्रिय प्रशारण लाईन विस्तार गर्न नसकिने क्षेत्रहरुमा वैकल्पिक उर्जाको प्रयोगमार्फत विद्युत आपूतिको व्यवस्था गर्नुपर्ने माग राख्दै मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “पाँच जिल्ला सदरमुकाममा समेत विद्युत आपूति नहुँदा सरकारी कार्यालय सञ्चालनमा समस्याछ । वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा समेत वैकल्पिक उर्जाका माध्यमबाट विद्युत आपूर्ति गर्नुपर्ने देखिन्छ ।”
कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादनयोग्य कृषिभुमि प्रशस्त भएपनि सिंचाई अभावका कारण उत्पादनमा आत्मानिर्भर हुन नसकेकोतर्फ उर्जामन्त्री पुनको ध्यानाकर्षण गराउनुभयो । संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै उहाँले औषधीय गुणसहितको कृषि उपजहरुको उत्पादकत्व वृद्धिका लागि ठूला सिंचाईका योजना आवश्यक रहेको औंल्याउनुभयो ।
कर्णालीमा खाद्यान्न आपूर्तिमा दिईने ढुवानी अनुदानमा राज्यको अर्बौं रकम खर्च भईरहेको जनाउँदै उहाँले कृषियोग्य भूमिमा सिंचाई व्यवस्था भएमा कर्णालीलाई उत्पादनमा आत्मानिर्भर बनाउन र ढुवानीमा खर्च हुने रकम उत्पादनका अरु क्षेत्रमा लगानी गर्न सकिने धारणा राख्नुभयो । संघ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र बाँडेर काम गर्नुपर्नेमा जोड दिनुभएका उहाँले योजनामा हुने दोहोरोपन हटाउन सके विकास निर्माण कार्यलाई प्रभावकारी बनाउनमा सहयोग पुग्ने बताउनुभयो ।
तीनै तहका सरकारबीचको समन्वय अपरिहार्य रहेको बताउदै प्रदेश सरकारसँगको समन्वयका लागि विद्युत प्राधिकरणलाई निर्देशन दिन पनि उहाँले आग्रह गर्नुभयो । नदी नियन्त्रण, सुधारिएको चुलो, घरेलु सौर्य उर्जा प्रणालीको जडानलगायतका कार्यक्रममा सहयोग गर्न मुख्यमन्त्री शाहीले उर्जामन्त्री पुनलाई आग्रह गर्नुभएको थियो । शुरबहादुर सिंह
तस्विर संलग्न गरिएको छ ।

प्रतिकृया दिनुहोस्