OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २७, २०७९
७०७ पटक

मंशिर २७ गते । प्राप्त मात्रामा बिजुलीको क्षमता अपुग भईरहेको जुम्लामा मेघावाट स्तरको जवातिला जलविधुत परियोजना अगाडि बढ्ने भएको छ ।

नेपाल विधुत प्राधिकरणको वोर्ड वैठकले १५० मेघावाटको उक्त परियोजना अगाडि बढाउने भएको हो । नेपाल सरकार उर्जा, जलस्रोत, तथा सिचाई मन्त्री पम्फा भुसालको अध्यक्षतामा वुधवार बसेको प्राधिकरणको वोर्ड वैठकले करिब ३५ अर्व लगानी बराबरको जलविधुत परियोजना अगाडि बढाउने भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो जलविधुत परियोजना २०७८ साल असोज महिनामा अगाडि बढाउन डेक्स स्टडी सहित जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्व मन्त्री नरेश भण्डारीले एक बर्ष अगाडि निवेदन दर्ता गर्नुभएको थियो । सोही अनुसार नेपाल विधुत प्राधिकरणले प्रक्रिया अगाढि बढाएको छ ।

जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेघावाट स्तरको जलविधुत क्षेत्रमा बृहत परियोजना अगाडि बढ्ने भएपछि दिर्घकालिन बिजुलीको व्यवस्थापन हुने भन्दै जुम्लामा ख्ुशी छाएको छ ।

कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढ्ने भएको जानकारी दिनुभयो । उहाँले परियोजनाको डेक्स अध्ययन भईसकेको र सो अनुसार परियोजना अगाडि बढाउन प्राधिकरणको वैठकले मुर्तता दिएको छ । भण्डारीका अनुसार करिब ३५ अर्व लगानी बराबरको लागत अनुमान गरिएको र उक्त परियोजना कर्णालीकै लाईफ चेन्जर परियोजना हुने भएकोमा जोड दिनुभयो । उहाँका अनुसार सो योजना क्रमागत रहेको छ ।

जुम्लामा विधुत अभावले लामो समय देखी सकस भईरहेको समयमा राष्ट्रिय प्रसारण लाईन पुगेको छ तर क्षमता नपुग्दा भरपुर बत्ति प्रयोग गर्न पाईएको छैन् । सुर्खेत, दैलेख, कालिकोटबाट सो लाईन भिरपाखाबाट आउदा तार र पोल क्षति भईरहने भएको हुदा बत्ति अनियमित भईरहेको हुन्छ । तर तिला र जवाको पानी मिसाएर मेघावाट स्तरको बत्ति वलेमा कर्णालीभरी बिजुली धान्ने र आर्थिक समृद्धि हुने समेत अनुमान गरिएको छ ।

पूर्व मन्त्री भण्डारीले दुई बर्ष अघि देखी सो परियोजनाको तयारी तथा पहल भएको र अव सरकारले अव अगाडि बढ्ने भएपछि सरकारलाई धन्यवाद दिएका छन् । उहाँले आफ्नो सामाजिक संजालमा कार्यकालका केही दिन वाँकी रहदा उर्जा मन्त्री पम्फा भुसाल, मन्त्रालय र नेपाल विधुत प्राधिकरणको वोर्ड समितिलाई कर्णालीवासीको तर्फबाट धन्यवाद दिईएको छ । पातारासी गाउँपालिकाका स्थानीय गोरबहादुर बुढाले यो योजनाले जुम्लाको आर्थिक जीवनमा ठूलो सहयोग हुने बताउनुभयो ।

फोटो क्याप्सन : पातारासीको जवा नदि क्षेत्र तस्बिर नेत्र शाही जुम्ला

 

प्रतिकृया दिनुहोस्