OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०७९
४९५ पटक

१० मंसिर २०७९, शनिबार

मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी हुनुभउको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका शाहीले आठ हजार ४२९ मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँले निकटम् प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर मल्ललाई पराजित गर्नुभयो ।

नेकपाका मल्लले चार हजार ८८४ मत प्राप्त गर्नुभएको छ । सोरु र खत्याड गाउँपालिका सम्मिलित यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ ।

प्रतिकृया दिनुहोस्