OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २५, २०७९
३७० पटक

२५ कात्तिक २०७९, शुक्रबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकोले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले आजका मितिदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यका पूर्ण रोक लगाईएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

“निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद, र अन्य मनोरञ्जनका क्रियाकलापहरु सञ्चालन गर्न दिईने छैन,” उहाँले भन्नुभयो, “मंसिर ४ गते मतदान हुनुभन्दा २४ घण्टा अगावै ग्याँस सिलिण्डर, पाईप, सकेट, प्रेसर कुकरजस्ता विष्फोटनमा प्रयोग हुन सक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।”

निर्णयको पूर्ण परिपालना गर्न सुर्खेतवासीलाई जानकारी गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले यसको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन सुर्खेतस्थित सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आम सञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्