OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २४, २०७९सुर्खेत
३२९ पटक

२४ कात्तिक २०७९, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समाज बदल्ने पत्रकारले सती जान नहुनेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले हरेकले आ–आफ्नो आचारसंहितामा रहेर काम गरे समाजमा कुनैपनि द्वेष भावना नरहने बताउनुभयो ।

पछिल्लो समयमा सञ्चार माध्यमहरुको भूमिकामा सकरात्मक परिवर्तन आएको छ,” प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, “यो राम्रो पक्ष हो । मलाई विश्वास छ कि सती प्रथामा आधारित भएर हाम्रा समाचारहरु प्रकाशमा आउने छैनन् ।” उहाँले निर्वाचन अवधिमा पत्रकारहरुलाई सहज सूचना पाउने र शान्ति सुरक्षा कायम हुने वातावरण तयार गरिने बताउनुभयो ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतको सहजकर्ताका रुपमा निर्वाचन कार्यालयले काम गर्दै आएको बताउनुभयो । एक मतदान केन्द्रमा तीन स्वयंसेवकसहित ११ कर्मचारी हुने भन्दै उहाँले सुर्खेतमा २९५ मतदान केन्द्रमा तीन हजार २४५ जनशक्ति खटाइएको जनाउनुभयो ।

निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “स्थानीय तहको निर्वाचनको अनुभवलाई आधार मान्दै महिला र पुरुषबाहेक अपाङ्गता भएका व्यक्ति, सुत्केरी र ज्येष्ठ नागरिकलाई छुटै र सहज तवरले मतदान गर्ने गरी निर्वाचन कार्यालयले व्यवस्था मिलाउन निर्देशन गरेको छ । यो चुनाव अपाङ्ग र अशक्तमैत्री हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख पदमबहादु विष्टले निर्वाचन अवधिमा पत्रकारहरुको सहज सूचना प्राप्तिका लागि प्रहरी सेवा पत्रकारमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यद्यपि शान्त र भयरहित निर्वाचन बनाउन सञ्चार माध्यमहरुलाई सकरात्मक भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले एकीकृत सूचना प्रणालीमा जोड दिएर पत्रकार सञ्चारकर्मीहरुलाई सहज व्यवस्था मिलाउनेतर्फ प्रजिअको ध्यानाकर्षण गर्नुभयो । अन्तरक्रियामा सहभागी पत्रकारहरुले सूचना प्रणालीलाई छरितो, मिडियामैत्री, विश्वसनीय र पहुँचयुक्त बनाउन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा सुर्खेतस्थित विभिन्न मिडियामा कार्यरत सम्पादक सम्मिलित बैठक बसेर गरिएको निर्णयबाट साना ठूला सबै दलहरुलाई समान स्थान दिने, निश्चित उम्मेदवारको मात्र पक्षपोषण नगर्ने, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर लेख्ने र पत्रकार आचारसंहिता पालना गर्ने कुरामा प्रतिवद्धता जनाईएको छ ।

प्रतिकृया दिनुहोस्