OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २३, २०७९काठमाडौं
२२८ पटक

२३ कार्तिक २०७९, बुधबार

आज मध्य राति डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

कार्तिक २२ गते मध्यराति २ः १२ बजेट गएको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको ल्लिा प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टले जानकारी दिनुभयो ।

भूकम्पले ठाडा गाउँका ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र सात वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।

त्यसैगरी सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनका १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको उहाँले जनाउनुभयो । उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

प्रहरी नायब उपरीक्षक भट्टका अनुसार उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भएको पाइएको छ ।

मंगलबार बेलुकी ९.०७ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्