OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २६, २०७९जुम्ला
४०० पटक

२६ असोज २०७९, बुधबार

कनकासुन्दरी गाउँपालिका ५ लुड्कु जुम्ला निवासी पूर्व राससकर्मी उपेन्द्र न्यौपानेलाई पितृशोक परेको छ ।

असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षाका कारण गोठिज्यूलाको खोलामा आएको बाढीले न्यौपानेका पिता खड्कप्रसाद न्यौपानेलाई बगाएको थियो । असोज २४ गते भैंसी गोठमा हुलेर लेकबाट घर फर्कने घरमा पुलबाट चिप्लेर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६२ वर्षीय न्यौपाने गोठिज्यूलामा रहेको खोलाको काठको पुल तर्ने क्रममा २४ गते बेलुका ५ः०० बजे खस्नुभएको थियो । मृतक न्यौपानेको मंगलबार दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्