OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २४, २०७९जुम्ला
४३९ पटक

२४ भदौं २०७९ शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिंजा क्षेत्रको भ्रमणमा जानुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तरक्रियामा भाग लिनुभएको मुख्यमन्त्री शाही आज सिंजा भ्रमणमा जानुभएको हो ।

सिंजा क्षेत्रमा रहेका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित संघ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । “अहिले म हिमा गाउँपालिका हुँदै सिंजा गाउँपालिकामा पुगेको छु,” उहाँले भन्नुभयो, “अब कनकासुन्दरीमा रहेको विशेष आर्थिक क्षेत्र खिच्चने अवस्था अवलोकन गर्न जाँदैछु ।”

त्यहाँ पुगेर आवासीय तालिमक केन्द्र निर्माणका लागि विस्तृत नापजाप तयार गरेर फर्कने मुख्यमन्त्री शाहीले बताउनुभयो । खिच्चने भन्ने ठाउँमा राम्रो भएकोले उच्च हिमाली स्टाफ कलेजको अवधारणा अगाडि बढाउँदा रारा जाने पर्यटकहरुको आकर्षण बढ्ने संभाव्यता पनि त्यत्तिकै भएकोले त्यसतर्फ पनि ध्यान दिइएको उहाँले जनाउनुभयो ।

मुख्यमन्त्री शाहीसहितको प्रदेशको टोलीले सिंजा सभ्यता, त्यहाँको पुरातात्विक तथा ऐतिहासिक सम्पदा र तिनको पछिल्लो अवस्था बुझ्ने छ । त्यस्तै, नाग्म–गमगढी राजमार्गको अनुगमनदेखि प्रदेश सरकारअन्तरगत सञ्चालित पूर्वाधार तथा प्रदेश विशेष कार्यक्रम तथा योजनाहरुको पनि निरीक्षण गरेर भोलि सुर्खेत फर्कने कार्यतालिका रहेको उहाँले जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्