OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १२, २०७९जुम्ला
४३६ पटक

१२ भदौं २०७९, आइतबार

तातोपानी गाउँपालिका ४ हाँकु जुम्लाका एक बालकको स्याउ टिप्न जाँदै गर्दा खोलामा खसेर मृत्यु भएको छ ।

हाँकु गाउँ निवासी धनकृष्ण कामीका ८ वर्षीय छोरा नलेज कामीको आज बिहान १०ः०० बजे हाँकु खेलामा खसेर मृत्यु भएको हो । खोलामाथि राखिएको लाप्को (काठको फ्ल्याक) बाट चिप्लिएर खोला खसी बालक कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।

“बालक नदीमा खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो,” प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “प्रहरी त्यहाँ पुग्दा भने बालकको मृत्यु भइसकेको रहेछ ।” मृतक कामीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्