OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १, २०७९
६७० पटक

१ भदौं २०७९, बुधबार

कर्णाली प्रदेश सरकार नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड दिने बताउनुभएको छ ।

कर्णालीमा ठूला लगानीका उद्योग नभएको बताउँदै उहाँले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । “प्रथमतः चालु आव.०७९÷८० को बजेट कार्यान्वयमा मेरो विशेष जोड हुनेछ, रासससँगको कुराकानीमा मन्त्री शाहीले भन्नुभयो, “दोस्रो प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धन जोड दिन्छु ।

उहाँले कर्णालीमा लगानीबाट सञ्चालन हुने उद्योगका विषयमा संघीय सरकारसँग पहल गर्ने उहाँले बताउनुभयो । कर्णालीको जाजरकोट, सुर्खेत, दैलेखमा खानीलगायतका प्राकृतिक स्रोतहरुको उपयोगका लागि यहाँको हावापानी र माटो सुहाउँदो उद्योग मोडेलमा जोड दिने बताउनुभएका उहाँले उद्योगी व्यवसायीहरुलाई ब्याजमा सहुलियत दिन सरकारले सहयोग गर्ने जनाउनुभयो ।

कर्णालीको जडिबुटीको राजश्व संघमा बुझाउनुपर्ने नियमले यहाँका नागरिकहरु मर्कामा परेको बताउँदै मन्त्री शाहीले भन्नुभयो, “अब कर्णाली प्रदेशका छ वटा विमानस्थलको स्तरोन्नति र विकासमा सरकारको ध्यान जान्छ । दश जिल्लामा एक÷एक पर्यटन क्षेत्र र तत्पश्चात् ७९ स्थानीय तहमा पर्यटन घोषणा गर्ने नीति अगाडि बढाउँछौं ।”

यता नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसी नेतृत्वको टोलीले आजै मन्त्री शाहीलाई भेटेर कोरोनाका कारण खस्केका उद्योगहरु उकास्ने प्याकेज कार्यक्रम ल्याउन अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्