OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १५, २०७९
४५६ पटक

जुम्लामा सामुहिक रुपमा सांघातिक आक्रमणमा परेर एक जना गम्भिर घाईते भएका छन् । चन्दननाथ नगरपालिकाको मुटु टुडिखेल नजिक भारतीवाडामा चन्दननाथ नगरपालिका ६ निवासी किसन थापा माथी हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार चन्दननाथ नगरपालिका ६ निवासी किसन थापा घाईते भएका छन् । साउन १३ गते वेलुकी साढे ६ बजे टुडिखेलको माथिल्लो गेट नजिकको ग्यारेज नजिक पहिला दुईपक्षविच झगडा भएको र थापा घाईते भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक चन्द्धका अनुसार छातिमा कुनै हतियारको जस्तो घाउ देखिन्छ तर कुन हतियार हो भन्ने बिषयमा बुझ्न वाँकी रहेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक चन्द्धका अनुसार अहिले सम्म जाहेरी भने आएको छैन् । कुट्ने आशंका व्यक्तिको नाम आएको छ । उहाँका अनुसार अहिले भने कुट्ने समुहको खोजी भईरहेको छ ।
घाईतेको अवस्था गम्भिर भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार घाईते थापाको प्रतिष्ठानको भेन्टिलेटरामा उपचार भईरहेको र अवस्था गम्भिर रहेको छ । उहाँका अनुसार घाईतेको कलेजोमै चोट लागेर रगत वगिरहेको बताउनुभयो ।

घाईतेका आफन्तले दिउसै सदरमुकामको मुटुमा हतियार प्रयोग भएको देखिन्छ तर प्रहरी प्रशासनले कुट्ने व्यक्तिलाई अहिले सम्म पक्राउ गर्न नसक्नु विडम्वना भएको बताएका छन् । घाईते किसन थापाका श्रीमति कमला थापाका अनुसार भारतीवाडाका केही व्यक्तिहरुले हतियार प्रयोग गरेका छन् । नाम जिप्रकामा दिएपनि पक्राउ नभएको पिडा व्यक्त गर्नुभयो ।

सो घटनाले पछिल्लो समय मानिसहरु त्रसित देखिन्छन् । तर मुटुमै भएको घटनामा संलग्न को को हुन र दायरामा ल्याउन प्रहरी, प्रशासनले ढिलाई गर्यो भन्ने गुनासोका आवाज पनि बढेका छन् ।

प्रतिकृया दिनुहोस्