OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २, २०७९
१५४८ पटक

२ साउन २०७९, सोमबार

कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ ।

सुर्खेतमा आज स्थापित व्यवस्थापन केन्द्रको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो । केन्द्रको उद्घाटन गर्दै उहाँले अब कर्णालीवासीले बिगतको जस्तो स्वास्थ्य समस्या भोग्न नपर्ने र उपकरण तथा आवश्यक सामग्री प्रदेश आफैले व्यवस्थापन गर्ने बताउनुभयो ।

“कर्णाली प्रदेशले बिगतको महामारीको समयमा सामग्री अभाव पूर्तिका लागि केन्द्र तथा लुम्बिनी प्रदेशको ताक्नुपर्ने हुन्थ्यो,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “अब हामी त्यो समस्याबाट मुक्त भएका छौं ।” आवश्यकतामा स्वास्थ्य सामग्री आपूर्तिका लागि प्रदेश आफैले खरिद गर्न सक्ने उहाँले जनाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेका प्रहरी तालिम केन्द्र, संघीय प्रहरी इकाई, ड्रग शाखा, दंगा नियन्त्रण प्रहरी कार्यालय, कुकुर शाखा अझै पनि बाँकेको नेपालगन्जबाट सञ्चालन हुँदै आएकोले ती संरचना कर्णालीमा ल्याउन पहल भईरहेको शाहीले बताउनुभयो । उहाँका अनुसार संरचना निर्माणका लागि जग्गाको पहल कार्य अगाडि बढेको छ ।

 

प्रतिकृया दिनुहोस्