जुम्ला २०७९ शुक्रवार,
गएराती हिमा गाउँपालिका १ आचार्यलिहीमा पहिरोले विधुतगृह भासिदा एकै परिवारका ३ जना मृत्यू भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैसस सहितको टिमले घटनास्थलको अवलोकन गरेको हो ।
घटना स्थलको अवलोकन गरेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहात स्वरुप रु एक लाख रकम दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षेतिग्रस्त विधुत गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।
अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । वैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।
यसैगरी संघीय सरकारले नियमानुसार प्रति व्यक्ति एक लाखको दरले राहात प्रदान गर्ने तथा एकै परिवारमा बढि मानवीय क्षेति भएमा रु एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताउनुभयो । प्रजिअ प्रसाईले आवश्यक प्रमाण भएमा चाडै श्रीमान्को खातामा रकम हाल्न सकिनेमा बताउनुभयो । यसैगरी मृतकको पोष्टमार्टम समेत भईसकेको छ ।
श्रीमान् गोरकबहादुर वेहोस भएपछि अस्पताल भर्ना
श्रीमति र २ छोरा विधुत गृहको पावर हाउस मृत अवस्थामा भेटिएपछि पछि विधुतका अपरेटर गोरखबहादुर रावत वेहोस भएर विरामी हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वेहोस अवस्थाका रावतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गरेपछि होसमा आएका छन् ।
प्रहरी चौकी हिमा १ बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस पहिरोले भासिदा विधुतका अपरेटर गोरखबहादुर रावतका श्रीमति र दुई छोरोको गएराति मृत्यू भएको थियो । रावतका ३० बर्षिय श्रीमति विमला रावत, ९ बर्षिय छोरा भरत रावत र ८ बर्षका सूर्य रावतको मृत्यू भएको थियो ।
उहाँका अनुसार अपरेटर गोरख रावत गाउँमा रहेका र उनकी श्रीमति र दुई छोरा पावर हाउसमा सुतेका रहेछन् । गाउँमा बत्ति जादा गोरखबहादुर रावत पावर हाउस पुगेपछि त्यो अवस्था देखेपछि कराउदै फेरी गाउँ फर्केको जानकारी दिनुभयो ।
तस्बिर नेत्र शाही