१२ असार २०७९ आइतबार
सुर्खेत स्थायी घर भएकी ३० वर्षीय दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार १०:४५ बजेकाे समयमा उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।
उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनले शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सूर्य उक्त दिन बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ । यद्यपि उनले लेखेके सुसाइड नाेट पनि लेखेकाे पाइएकाे ५ ।
उनले लेखेको नोट यस्ताे छ:
नमस्कार सबै जनामा र मिठो सम्झना छ। जिन्दगीको उचारचढाव धेरै भोगेँ। तर जब म जान्ने भए अनि म एक्लो भएँ। र कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ। तर पनि हार खाइनँ। तर ऐले धेरै गाह्रो भयो। म बाँचेर पनि दिनदिनै मर्न सकिनँ। आमा तिम्री छोरी धेरै थाकिछे। जिन्दगीको मोडमा धेरै अप्ठेरा आए। पार पनि गरेँ। जसलाई राम्रो गर्छु भने पनि भएन।
म कहाँ जाऊ आमारु दुस्ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ। म भित्रभित्रै मरेर बाचेछु। आमा म नभएर के भो त चार बहिनी छोरी छन्। मन बुजाउनू, नरुनू। छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो, सकिनँ। तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है। म नभए ता पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ।
बहिनी हर्ष आमालाई गाली नगर्नू अनि आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू। मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि। म थाकेँ। धेरै थाकेँ। अब म बाँच्न सक्दिनँ। यो दुनियाँ धेरै स्वार्थी छ।
म आफ्नो इच्छाले यो कदम उचालेकी छु। कसैलाई दोष छैन। कसैले खोजी नीति पनि नगर्नू र मलाई पोष्टमार्टम पनि नगर्नू, मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर मेरो छोरालाई दिनू। घरबेटीहरूलाई कसैले केही नगर्नू। अरसलाई पनि कसैलाई केही नगर्नू। मेरो लास जसरी हुन्छ घरसम्म पुर्याइदिनू। अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू। छोरा चिन्ता नगर्नू है।
यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू। सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो। कति बेला के हुन्छ थाहा छैन मेरो जीवन।
गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी थिइन् भने उनी लाइभ दोहोरी गीतका कारण चर्चामा थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट बनेकाे थिइन् ।