OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २४, २०७९
६३९ पटक

 

२४ जेठ २०७९, मंगलबार

कालिकोट जिल्ला समन्वय समितिको प्रमुख नेकपा (माओवादी केन्द्र) का धनजीत शाही (आदर्श) विजय हुनुभएको छ । शाही माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सचिव हुनुहुन्छ ।

आज सम्पन्न जिससको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन भएको थियो । जिससको उपप्रमुखमा पनि नेकपा (माओवादी केन्द्र) कै मिना रावत (विश्वकर्मा) निर्वाचित हुनुभएको छ ।

अन्य सदस्यहरु नेकपा माओवादी केन्द्रका अजय बहादुर बम, बीरबहादुर रावत,अप्सरा कुमाल, मुर्जा कुमारी रोकाया (फडेरा) छन् भने, नेपाली काँग्रेसका धन बहादुर शाही ,काली बहादुर नेपाली त्यस्तै नेकपा एकीकृत समाजवादीका धनसरा विष्ट निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार धनजित शाहीले १५ मत ल्याएर विजयी हुँदा उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज शाहीले २ मत ल्याउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्