OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २८, २०७९
६४९ पटक

वैशाख २८ गते । जुम्लाको रारालिहीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले तिला गाउँपालिकाको सिता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा नमूना मतदान गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार मतदाता शिक्षाका लागि स्थानीय मतदाता ५२ जना नमूना मतदानमा सहभागिता भएका छन् । नमूना मतदानमा सहभागी ५२ मध्य १५ मत बदर भएको छ ।

नमूना मतदानमा केही महिला मतदाता समेत सहभागि भएका छन् । यसैगरी जिल्ला निर्वाचन कार्यालयले नमूना मतदानमा सहभागीलाई शिक्षा भएको बताएको छ । सदरमुकाम भन्दा पनि गाउँमा नमूना मतदान गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।

यसैगरी निर्वाचन कार्यालयले निर्वाचन आयोगबाट प्राप्त निर्वाचन सामग्री, रुजु, प्याकिङ र वितरणको कार्य समेत सकिएको बताएको छ । जिल्ला निर्वाचन कार्यालयले वैशाख २३ गते मतदान अधिकृतहरुलाई एक दिने प्रशिक्षण समेत सम्पन्न गरेको जानकारी गर्नुका साथै रु ३५ लाख ५७ हजार तीसय ४९ पचास रकम प्राप्त भएकोमा हाल सम्म ११ लाख एक हजार चार सय ४६ रुपैया ५० पैसा खर्च भएको जानकारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस्