OnlinePana

आज : २०८२ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २४, २०७९
४१८ पटक

२४ बैशाख २०७९ शनिबार

सुर्खेत वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएको दुई गाडीमाथि आगजनी गरिएको छ ।

आज दिउसो २ः०० वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत मंगलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा.१४.च. ६८३१ नम्बरको ने.क.पा. माओवादी र नेपाली काँग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्हरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार आगजनीबाट स्कारर्पियो पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ ।

यता प्रहरीले आगो नियन्त्रण गर्दैगर्दा मंगलगढी चोकबाट ७०० मिटर पश्चिममा रहेको तिनतोली होटल अगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उहाँले बताउनुभयो । तीनतोली होटलमा रोकेको नेकपा एमालेको झण्डा र माईकिङ राखेको क.प्र.०२ ००१ प ००६१ नम्बरको मिनि बसमा आगजनी गरिएको थियो ।

प्रहरी र दमकलको सहयोगमा ३ः०० बजे अगो नियन्त्रणमा लिइएको बताउँदै प्रहरी नायब उपरीक्षक घर्तीले स्कार्पियोको पछाडिको एउटा टायर जलेको र मिनि बसका सबै सिटहरु जल्नुका साथै सिसाहरु फुटेको बताउनुभयो । आगजनी गर्ने व्यक्तिहरु फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्