OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १७, २०७९
५७२ पटक

हिमा गाउँपालिका नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी गरेको छ । माओवादी केन्द्र अध्यक्षका उम्मेदवार अमरराज शाहीले प्रस्तुत गर्नुभएको घोषणापत्रमा हिमा गाउँपालिकामा प्रवेश गर्ने पर्यटकका लागि सूचना केन्द्र स्थापना गरि सजिलो बनाउने उल्लेख छ ।

हिमा गाउँपालिकामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा हरेक पर्यटक रारा र सिञ्जा आउँदा त्यहाँको समग्र अवस्था पूर्व जानकारी दिने सूचना केन्द्रको आवश्यक भएकाले हिमा गाउँपालिकामा केन्द्र स्थापना गरिने जोड दिईएको छ । अध्यक्षका उम्मेदवार शाहीले रारासिञ्जा आउने पर्यटकका लागि सूचना दिने गेटवे हिमा गाउँपालिका गर्नुपर्ने बताउनुभयो ।

स्वयंसेवक सेवा केन्द्र स्थापना गरिने :

अध्यक्षका उम्मेदवार शाहीले सार्वजनिक गर्नुभएको घोषणापत्रमा यूवालाई रोजगारीमा प्रथामिकता दिने, नागरिकको सूचना प्रवाहका लागि गाउँपालिकामा आफ्नै स्थानीय एफ एम रेडियो स्थापना गर्ने, सवै वडामा स्वास्थ्यचौकी स्थापना, रैथाने वालीको संरक्षण तथा प्रवर्धन गर्ने, कृषकलाई स्याउ वीमाको व्यवस्था गर्ने, विकास निर्माण सँगै स्वयंसेवक सेवा केन्द्र तथा नागरिक मुक्ति केन्द्र स्थापना गर्ने, गाउँपालिकामा जडिवुटि केन्द्र स्थापना गरिनेछ ।

हिमामा रहेको रुपीछहरा झराको बृस्तृत विकास गर्दै प्रमुख पर्यटकीय र आम्दानीको स्रोत गरिने छ । हिमा माओवादीको घोषणापत्रमा त्यहाँ रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवा सहित सेन्टर फर एक्सलेन्सको रुपमा विकास गरिने, विपन्न वालवालिकाको रुपमा रहेको हिमा आवासीय विद्यालयलाई स्तरउन्नति गरिने घोषणापत्रमा उल्लेख रहेको छ । स्थानीय कला,सस्कृति र सम्पदाको संरक्षण र प्रर्वधनका कार्यक्रम ल्याईनेछ ।

यसैगरी नाग्म गमगडि राजमार्गको स्तरउन्नतिका लागि पहल गरिने बताईएको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता घुम्ति वैंकबाट शुरु गरिनेछ । यूवाहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता र प्रतिभालाई सेवा सुविधा दिईने लगायत विभिन्न कार्यक्रम रहेका छन् । हिमा गाउँपालिकाको तर्फबाट स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार शाही, उपाध्यक्ष कल्पना परियार सहितको टिम चुनावी प्रतिस्पर्धामा रहेको छ ।

 

प्रतिकृया दिनुहोस्