OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १२, २०७९जुम्ला,
९५८ पटक

वैशाख ११ गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृत तथा जिल्ला अदालत जुम्लाका स्रेस्तेदार सरोजराज रेग्मीका अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट विरबहादुर कुँवर, नेपाली कांग्रेसबाट नन्दप्रसाद चौलागाई, नेकपा एमालेबाट सुरतबहादुर शाही, नेकपा एकिकृत समाजवादीबाट हिमालय खत्री, नेपाल मजदुर किसानपार्टीबाट हस्तबहादुर कुँवर र स्वतन्त्रबाट दुर्गा प्रसाद पाण्डेको उम्मेदवारी दर्ता भएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रबाट रेवति रावल, नेमकिपाबाट पूर्णवति खत्रीको उम्मेदवारी दर्ता भएको छ । अन्य उम्मेदवारहरु दर्ताका लागि लाईनमा रहेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । पौने ८ सम्म आफ्नो टेवुलमा दर्ता भएका ६ जना अध्यक्षका उम्मेदवार रहेका छन् ।

प्रतिकृया दिनुहोस्