OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र २७, २०७६जुम्ला,
४५८ पटक

खलङ्गा । छिमेकी प्रदेश सुदुरपश्चिममा कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेशकै ठूलो क्षमता तीसय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक महिना देखी दिन रात तयारीमा जुटेको छ ।
प्रतिष्ठानले रोगथाममा गरेको तयारीको बिषयमा प्रदेश सरकारले गठन गरेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय प्रशासन आमन्त्रित सांसदहरु सहतिको उच्चस्तरको वैठकमा विस्तृत ब्रिफिङसहित मजवुद्ध भएको जानकारी गरेको छ ।
दुईसय वेड आईसुलेसन बनाईदै ः
(कोभिड १९) कोरोना भाईरसको रोकथामको लागि गरेका काम र तयारीको बिषयमा प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले अहिले १२० वार्ड आईसुलेसन, १० वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स ग्रुप, यस्तै भिन्नै ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाईन अनुगमनका कामहरु भईरहेका छन् ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले ३२ विशेषज्ञ डाक्टर र २६ जना मेडिकल अफिसर सवै कोरोनाको बिरुद्धमा खटिरहेका छन् । उहाँले प्रतिष्ठानका साढे तीनसय कर्मचारी अहिले कोरोनाको रोगथामका लागि आ–आफ्नो डयूटिमा कर्णाली भरी खटिरहेका छन् । उहाँका अनुसार १२० वेड आईसुलेसनलाई दुई सय गर्न तयार गर्दैछौ । ८२ बढि पिपिई सेट आई सकेको र एक दर्जन बढि थर्मोस्क्यान पुग्न लागेको जानकारी दिनुभयो ।
बाहिरबाट आएकालाई खोजेर जाँच गरौ ः
रोगथाम र उपचारमा तयारी तीब्र गरिएको प्रतिष्ठानका विशेषज्ञले बताउदै आएका छन् । वैठकमा उपस्थित प्रतिष्ठानका शिक्षाध्यक्ष तथा विशेषज्ञ डाक्टर निरेश थापाले ३ चरमा अगाडि बढ्ने बताउनु भयो । उहाँले पहिलो ट्रयास गरौ ( बाहिरवाट आएका व्यक्ति खोजौ) दोस्रो जाँच गरौ अन्तिममा उपचार भएकाले खोज्ने कार्यलाई कडाई गरेर अघि बढेमा हामी कोरानलाई जित्न सक्ने उहाँको दावी छ । तर यो योजनामा आवश्यक पूर्वाधार, जनशक्ति उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
वैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले प्रदेश सरकारले तत्काल कोरोना विरुद्धको रोगथामको उपकरण र अत्यावश्यक सामग्रीका लागि प्रदेश सरकारले प्रतिष्ठानलाई रु एक करोड प्रदान गरेको जानकारी दिनुभयो । उहाँले जिल्लाको उच्च स्तरको जनप्रतिनिधी सहितको टिमलाई जोखिम अवस्थामा गरिने तयारीका लागि आ–आफ्नो समयन्त्रबाट अहिलेनै तयारी गर्न अपिल गर्नुभयो । उहाँले कर्णाली प्रतिष्ठान उपचारको ठूलो भरोषाको केन्द्र भएकाले कोरोना विरुद्धको उपचारमा योजना र पूर्वाधारमा लाग्न सवै जुट्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री बलबहादुर महत र प्रदेश लेखा समिति सदस्य तथा सांसद दिनबन्धु श्रेष्ठले चाडै भरपुर जनशक्ति भएको कर्णाली प्रतिष्ठानमा कोरोना परीक्षण केन्द्र हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भेन्टिलेटर र स्क्यान थर्मो मिटर अहिले सम्म नआएको हुदा समस्या भएकाले तत्काल झिकाउन प्रस्ताव गर्नुभयो । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाले रु एक करोडको कोरोना बिपत कोष स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले अव नगरपालिकामा पनि अत्यावश्यक वाहेकका मानिसहरु बाहिर नभित्र्याउन अनुरोध गर्नुभयो ।
स्वाब परीक्षण केन्द्रको माग ः
वैठकले प्रतिष्ठानले जुम्लामै स्वाब संकलन केन्द्र बनाउन संघीय सरकार र केन्द्र सरकार सँग माग गर्ने, प्रदेश सरकारले विनियोजन गरेको रु एक करोडको स्वास्थ्य सामग्री नियमानुसार खरिद समितिलाई दिने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार आईसुलेसन सामाग्री नियमानुसार खरिद, स्वाब परिक्षण गर्ने पिसिआर मेशिन माग निर्णय भएको थप्नुभयो । यसैगरी अहिले कर्णालीका विशेषगरी सािवक कर्णालीका जिल्लाहरु हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटको जिम्मा प्रदेश सरकारले दिएको र यि वाहेक अन्य जिल्लामा पनि आवश्यकता अनुसार जनशक्ति परिचालन गरिरहेको रजिष्ट्रार काफ्लेले थप्नुभयो ।

प्रतिकृया दिनुहोस्