खलङ्गा चैत गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नेपाल भारत सीमा क्षेत्र दशगजमा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटघाट गर्नुभएको छ ।
रोजगारको शिलशिलामा भारतमा रहेका र नेपाल भारत सिमानाका लकडाउन भएपछि नेपाल आउन नसकेका नागरिकलाई दशगजामा भेटेका हुन् । उनीहरुलाई अहिले दशगजामा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । उहाँले त्यहाँ रहेका कर्णालीबासी र अन्य व्यक्तिहरुको अवस्थाको अवलोकन गरेको जानकारी दिनुभएको छ ।
द्यशगजामा भोकै कठिन अवस्थामा रहेका छौ भन्ने सूचनाको आधारमा मन्त्री भण्डारी सुर्खेतबाट वाँकेको जमुनाह नाका नजिक दशगजामा जानु भएको थियो । क्वारेन्टाइन अवलोकन पछि मन्त्री बोल्दै मन्त्री भण्डारीले कर्णालीबासीहरुको अवस्था बुझ्नको लागि क्वारेन्टाइनमा आएको त्यहाँ वसेका नागरिकलाई सुनाउनु भएको थियो । उहाँका अनुसार भारतबाट आएका उनीहरुको व्यवस्थापनमा केही ढिलाई भएपनि उनीहरुको सुरक्षाको लागि प्रदेश सरकार सक्रिय र जानकार भएको बताउनुभयो ।
मन्त्री भण्डारीले कर्णालीबासीलाई केही समस्या भए सरकार सहयोग गर्न तयार रहेको रहेको र कर्णालीका नागरिकको अवस्था बुझ्नको लागि हामी आएका हौ’ मन्त्री भण्डारीले कर्णालीबासलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने र त्यस पछि प्रदेश सरकारले सम्बन्धित जिल्लामा पुयाउने समेत बताएका छन् । क्वारेन्टाइनमा जुम्लाका १५, सल्यानका ९, सुर्खेतका ७ डोल्पाका ३, दैलेखका १०, , मुगुका २ जना रहेका उहाँले जानकारी दिनुभयो । यसैगरी ४१ वटा क्वारेन्टाईन दशगजामा निर्माण गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । यस अघि मन्त्री भण्डारीले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग समेत भेटघाट गरेका थिए । एक दिन अघि नेपाली नागरिकलाई भारतीय ट्रकमा जंगल हुदै नेपालको सिमामा छोडेको खबर आएको थियो ।
नेत्र शाहीचैत्र २२, २०७६जुम्ला,
११८६ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम