OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २४, २०७८सुर्खेत
७३५ पटक

२४ मंसिर २०७८, शुक्रबार

मुगुका चार स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले पालिका सम्मेलन नयाँ नेतृत्व चयन गरेको छ ।

छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन् । उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन् । सचिवमा रत्न बढुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, सोरु गाउँपालिका अध्यक्षमा जयलाल मल्ल र खत्याड गाउँपालिका अध्यक्षमा भरतबहादुर शाही चयन भएका छन् । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा स्थानीय तहका सम्मेलन अन्तिम चरणमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस्