खलङ्गा । नोभेल कोरोना रोगथामका लागि अस्पतालमा सुरक्षित हुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले आफै पिपिई ज्याकेट र सेनिटाईजर उत्पादन गर्न थालेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमा विरामी आउन थालेपछि तत्काल सुरक्षाका लागि प्लाष्टिकका पिपिई तयार गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । उहाँका असार नर्सिङ र फार्मेसीका कर्मचारीहरुले सेनिटाईजर पनि उत्पादन गर्न थालेका छन् ।
आधुनिक पिपिई भने वाहिरबाट समेत आउने भएका र नआउदा सम्म स्थानीय स्तरबाटै सुरक्षित हुनका लागि सुरक्षित हुन पिपिई तयार गरिएको हो । यो समयमा बढि हात सफा गर्नुपर्ने अवस्था छ । यसैगरी अमेरिकी मेडिकल काउन्सिलले उपलब्ध गराएको ३०÷३५ वटा पिपिई जिल्ला पुरयाईएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यसैगरी गाउँपालिका स्तरमा संचालन गरिएका क्वारेन्टाईनमा स्वास्थ्यकर्मीहरुले पिपई देखी ईन्फ्रारेड थर्मामिटर नभएको भन्दै गुनासो गर्दै आएका छौ । अहिले जुम्लामा एक वालक र उनका वुवा आईसोलेसनमा राखिएका छन् । यसैगरी जिल्लाको हिमा गाउँपालिकामा भारतबाट आएका ३२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनिहरुलाई थर्मोमिटर नभएकाले जाँच गर्न सकिएको छैन् । यसैगरी जिल्लाको पातारासी गाउँपालिकामा भारतबाट आएका ९ जना डोरबहादुर बिष्टको कर्णाली ईनिच्यूटमा तयार गरिएको क्वारेन्टाईनमा राखिएको स्वास्थ्यकर्मी सर्जनबहादुर शाहीले जानकारी दिनुभयो ।
यसैगरी अहिले जिल्लामा बाहिरबाट आउनेको संख्या हवात्तै बढेको छ । तिन दिनमा दुई हजार सात सय १७ जनाको तापक्रम जाँच गरिएको छ । यसैगरी प्रतिष्ठानले सरकारलाई कोरोना निधान केन्द्र माग गरेको छ ।
नेत्र शाही चैत्र १५, २०७६जुम्ला,
३०३ पटक
- प्रदेश (क) माओवादी नेतृत्वका जनप्रतिधिको एकैसाथ प्रगति सार्वजनिक
- रास्वपालाई जनताको ईन्द्रेणी बनाउँछौंः संयोजक थानी
- कर्णालीमा फुटवलको जनशक्ति उत्पादन गर्न ‘यौद्धा फुटबल एकेडमी,
- २० लाख मुनिको ऋण मिनाह गरिदिने दुर्गा प्रसाईको आश्वासन
- विधुत लाईन परीक्षण सम्बन्धी अन्यन्त जरुरी सूचना
- माओवादीको आठ स्थानीय तहमा वैठक तथा प्रशिक्षण सम्पन्न
- जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने
- शिक्षा, समाज र भविष्य
- सार्वजनिक शिक्षा सुधारका लागि दश जिल्लाका तेह्र विद्यालय छनोट
- प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री पद दावी गर्न आह्वान