OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २३, २०७८सुर्खेत
१०२९ पटक

२३ भाद्र २०७८, बुधबार

कर्णाली प्रदेशमा बुधबार कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । करिब एक सातासम्म संक्रमणबाट शून्य मृत्युदर रहेको कर्णालीमा बुधबार जुम्लाका १ र सुर्खेतका १ जना गरी २ जनाको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७२ जना पुगेको छ ।

पछिल्लो समयमा पनि कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा सुर्खेत अग्रपंक्तिमा छ । सुर्खेतमा कोरोना संक्रमणका कारण हालसम्म २१४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिकृया दिनुहोस्