OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

दश महिनाको बच्चा अपहरण गर्ने अभियुक्त पक्राउ

नाटकीय ढंगबाट बच्चाको अपहरण गरी बेपत्ता बनाईयो

कोरपाटी संवाददाताभाद्र ५, २०७८काठमाडौं
१०७२ पटक

५ भाद्र २०७८, शनिबार

दश महिनाको बच्चा अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

हिमा गाउँपालिका ३ जुम्लाका करिब २५ वर्षीय अभियुक्त दानबहादुर रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार दिउसो २ः३० बजे एयरपोर्ट चोक सुर्खेतबाट पक्राउ गरेको हो । जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीले पक्राउ परेका अभियुक्त रोकायले बच्चा आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिनुभयो । अपहरित बच्चा भने अपरिचित मान्छेलाई दिएकोले अहिले आफूसँग नभएको बयान रोकायले दिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले पीडित बाट यही भदौ ३ गते रातिदेखि बच्चा हराएको भनेर निवदेन आएको जानकारी दिनुभयो । “घटना निकै गम्भीर र संवेदनशील छ,” प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “अनुसन्धानको क्रम भएकोले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट यसको अनुसन्धान गरिरहेका छौं ।”

नाटकीय ढंगबाट बच्चाको अपहरण गरी बेपत्ता बनाईयो

अपहरित बच्चा अभियुक्तको अवैध सम्पर्क कारण सोही वडाकै १९ वर्षीय किशोरीबाट जन्मेको थियो । रोकायले अवैध सम्बन्ध राख्दाको समयमा युवती १८ वर्षकी रहेको बताएकी छन् । उनले गत वर्ष कार्तिक महिनामा अवैध शिशुको जन्म दिएकी थिईन् । पीडितका किशोरीका बुबा शक्तिबहादुर कठायतका अनुसार यस वर्ष राहदेव मावि मोफ्ला जुम्लामा माध्यमिक शिक्षा परीक्षा दिएकी उनी अहिले १९ वर्षकी भईन् ।

पीडित किशोरीले भनेकी छन्, “यही भदौ ३ गते घर नजिकै पसलमा बसिरहेको समयमा राति ९ः०० बजेतिर रोकाय त्यहाँ आएर मलाई भन्योः तिमीलाई तिम्रो आमालेले बोलाएकी छन् । मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त बच्चालाई ओछ्यान राखेर हिंडे तर ऊ मसँग आएन । पछि आमाले नातीलाई किन छोडेर आईस्, छिटो यही लिएर आईज भनेर म पसल जाँदा बच्चा त्यहाँ थिएन । बच्चा हराएपछि हामी त्यहाँ करायौं, प्रहरीलाई जानकारी गर्यौं तर अहिलेसम्म बच्चा भेटिएको छैन ।”

अभियुक्त रोकायले नाटकीय ढंगबाट दश महिनाको बच्चा अपहरण गरेको पीडित किशोरीले आरोप लगाएकी छन् । उनले भनिन्ः “आमालाई बोलाएकी छन् भनेर मलाई झुक्याएर बच्चा अपहरण नाटकीय तरिकाले गरिएको छ । पीडितका बुबा शक्तिका अनुसार छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर जबरजस्ती करणी गरेका कारण बच्चा जन्मेको र सिधासादा देखेर जहाँबाट भएपनि दमन गर्न खोजिएको छ ।”

पीडित किशोरीले पहिलो १८ वर्षमै जबरजस्ती करणी गरेको, दोस्रो जबरजस्ती मिलाउन दबाब दिएको, तेस्रो बच्चालाई अपहरण गरी बेपत्ता पारिएको भन्दै सरकारलाई दोषीमाथि कारवाही गरी आफ्नो बच्चा सम्पर्क ल्याईदिएर आफूलाई न्याय दिन आग्रह गरेकी छन् । आरोपित युवा पक्राउ परिसकेकोले थप अनुसन्धानका आईतबार सम्बन्धित जिल्ला जुम्ला पठाईने सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्