OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७८काठमाडौं
३१५ पटक

३ भाद्र २०७८, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका सुर्खेतवासी नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

सुर्खेत प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका आफ्ना नागरिकहरुलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णय अनुसार सुर्खेत घर भई अफगानिस्तान पुुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

“सुर्खेतबाट औपचारिक तथा अनौपचारिक माध्ययमबाट अफगानिस्तान गएका व्यक्तिहरुको उद्धारका लागि हामीले विवरण संकलन कार्य शुरु गरेका छौं,” सहाय प्रमुख जिल्ला अधिकारी महतले भन्नुभयोे, “यसका लागि अफगानिस्तान रहेका व्यक्तिका परिवारले सुर्खेत प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउनुपर्नेछ ।”

उहाँका अनुसार अफगानिस्तान रहेका व्यक्तिका परिवारले यही भदौ १० गतेसम्म विस्तृत विवरण टिपाउन भनेर आज एक सूचना प्रकाशन गरिएको छ । अफगानिस्तानमा २० वर्षदेखि विद्रोह गर्दै आएको तालिवानी समुहले साउन ३१ सत्ता कब्जा गरेपछि नेपाललगायत बाह्य देशका सबै देशका नागरिकहरुको एक हप्तादेखि भागदौड मच्चिएको छ ।

प्रतिकृया दिनुहोस्