OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीभाद्र १, २०७८सुर्खेत
६५४ पटक

 १ भाद्र २०७८, मंगलबार

र्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पुन ९७ जना कोरोना संक्रमित थपिएका छन् । आरटी–पीसिआर विधिबाट ११७ जनामा गरिउको कोरोना परीक्षणका क्रममा ४९ र एन्टिजेन विधिबाट २७८ जनामा गरिएको परीक्षणबाट ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले आज सबैभन्दा धेरै सुर्खेतमा २७, जुम्लामा २०, रुकुमपश्चिममा २१, कालिकोटमा ११, दैलेखमा सात, सल्यान र जाजरकोटमा तीन÷तीन र हुम्लामा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६९ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

प्रदेशभर संक्रमितको संख्या ९०५ पुगेको छ। आज कर्णाली प्रदेशको जुम्लामा कोरोना संक्रमणका कारण एकजना संक्रमितको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्