OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र १, २०७८जुम्ला,
१५५६ पटक

खलंगा भदौ १ गते । चन्दननाथ मन्दिरमा आएका एक आन्तरिक पर्यटकले प्रश्न गर्नुभयो, मन्दिर नजिक पुजाको सामग्री कहाँ पाउछ । त्यसको उत्तर दिन सक्ने स्थिति रहेन ।
ऐतिहासिक चन्दननाथ मन्दिरको गुरुयोजना सम्म बन्न नसक्दा भक्तजनहरुले मन्दिरमा जादा फुल किन्ने पसल छैनन । मन्दिरका टहरामा अन्य व्यापारका सामान राख्ने गरिएका छन् तर फुल समेत नपाउदा भक्तजनहरु खिन्न भएर फर्किन्छन् ।
मन्दिर पेरिफेरिमा पुजाका सामाग्रहीहरु पाउदैनन् । निजी भवन र सरकारी भवनले मन्दिर ढाक्न थालेको छ । तर मन्दिरका अहिले सम्म दर्जनौ समिति फेरिए र सरोकारवालाहरुले टुलुटुलु हेरेर बसिरहेका छन् । यति सम्मकी मन्दिर क्षेत्र झारपातले भरिएपनि सरसफाई गर्न नसकिएको अवस्थामा नेपाली सेनाले सरसफाई अभियान थालेको छ ।

नेपाली सेनाले कर्णालीकै प्रसिद्ध मानिने चन्दननाथ र भैरवनाथ मन्दिरको सरसफाई शुरु गरेको हो । धार्मिक हिसाबले पबित्र मानिने मन्दिर क्षेत्रको वरिपरी फोहोर बढेपनि पछि नेपाली सेनाले सरसफाई गरेको छ । जुम्लाको २४ नम्वर बाहिनी र नन्दबक्स गणले सोमबारसरफाईमा जुटेर प्रभावकारी सन्देश दिएको छ ।

मन्दिर पेरिफेरिमा झारपात उम्रिरहेको समयमा सेनाले सरसफाई गरेपछि धार्मिक क्षेत्रका अगुवाहरु तथा भक्तजनले सरसफाई नियमित गर्नुपर्ने बताएका छन् ।

फुलका गमला राखियो :
फुलै नपाउने मन्दिरमा गमला दिएर फुल उत्पादन गर्ने सन्देस समेत सेनाले दिएको छ । नेपाली सेना २४ नम्बर बाहिनीपति याम सापकोटा, नन्दा बक्स गणका गणपति रविन थापाले १० वटा फुल रोपेका गमला चन्दनना मन्दिर र १० वटा भैरवनाथ मन्दिरलाई हस्तान्तर गरेको छ ।

यसैगरी नेपाली सेनाले हरेक हप्ताको सोमवार सरसफाई र हेरक महिनाको एक पटक पुजाका सामग्री तथा केही खाद्यन्न सामग्री मन्दिरलाई उपलब्ध गराउने बताएको छ ।
२४ नम्वर बाहिनीका बाहीनीपती याम सापटाकाेटाले नेपाली सेनाले कर्णालीको ऐतिहासिक धार्मिक धरोहर रहेको चन्दननाथ मन्दिरमा हरेक हप्ता सरसफाई गर्ने जानकारी दिनुभयो । उहाँले मन्दिर फोहोर भएको देख्न नसकिएको भन्दै यस अभियानमा सवै लागेर मन्दिरलाई पर्यटकी दृष्टिले आकर्षण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सेनाले मन्दिर वरिपरी हरेक हस्ताको सोमवारसरसफाई गर्ने कार्ययोजना र महिनाको एक पटक पुजारीलाई केही खाद्यन्न र पुजाका सामग्री उपलब्ध गर्ने भनिएको छ । चन्दननाथ भैरवनाथ मन्दिरका अध्यक्ष पूर्णसिंह कठायतले सरसफाई तथा मन्दिर व्यवस्थापनमा सवै लाग्नुपर्ने बताउनुभयो । सदस्य जीतबहादुर महतले नेपाली सेनाले फुलको गमला समेत दिएर राम्रो सन्देश दिएको भन्दै अव मन्दिर पेरिफेरि पुजाका सामग्री हुनेमा सवैको जोड दिनुपर्ने बताउनुभयो ।

जुम्लाको धार्मिक महत्व बोकेको क्षेत्रमा नागरिक जिम्मेवारी बनेर जलाउन मिल्ने फोहोर जलाउनुको जथाभाबी फोहोर फाल्दा यो क्षेत्र दुर्गदीत बनेको छ । सेनाको टोलीले मन्दिर संरक्षण तथा प्रर्वधन गर्नका लागी निकै ठूलो चासो दिएको छ । हामी स्थानीयले पनि योजना बनाएर मन्दिर सरफाई र दिर्घकालिन व्यवस्थापनमा पछि हट्नु हुन्न ।

प्रतिकृया दिनुहोस्