OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २९, २०७६ सुर्खेत
९०४ पटक

सुर्खेत, २९ पुस ः कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक विदा दिने भएको छ ।
थारु जातिका साथै अन्य जातिहरुले पनि यसलाई मनाउने भएकोले प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयले विदाको सूचना गरेको हो । कर्णाली प्रदेश सरकारको गत कार्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा विदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक विदा हुनेगरी सूचना प्रकाशन गरिएको कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभयो ।
“माघ १ गते बुधबारका दिनमा कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय विदा हुनेछन्,” प्रवक्ता खड्काले भन्नुभयो, “सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनकि विदा पाउने छन् ।” प्रदेशबासी सबैको सहजताका लागि आज सार्वजनिक विदाको सूचना प्रवाह गरिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको कार्तिक १९ गतेको मन्त्रिपरिषद् बैठकले भाद्र ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, माघ १ गते माघे संक्रान्ति, साउन १ गतेका दिन साउने सक्रान्ति र देउडा पर्व तथा भोट ल्होसार र वकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्