OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २९, २०७६ सुर्खेत
३५० पटक

सुर्खेत, २९ पुस ः जाजरकोट दल्लीस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेष अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबीन टोली आज जाजरकोटको गएको छ ।
यही पुस २७ गते नलगाड नगरपालिका ७ दल्लीमा कार्यरत ३५ वर्षीय भोजबहादुर कठायतले आत्महत्या गरेको घटना बाहिर आएको थियो । यद्यपि मृतक कठायतका धर्मपत्नी निशा खत्री कठायतले आत्महत्या नभएको भन्दै शव बुझ्न नमानेपछि घटना रहस्यमय बन्दै गएको हो । मृतक कठायतको मृत्यु शंकास्पद भएको भन्दै पीडित खत्रीले प्रहरी प्रशासनलाई छानबीन तथा अनुसन्धानका लागि अनुरोध गरिएको बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले घटनाको विशेष छानबीनका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको तीन सदस्यीय छानबीन टोली गठनगरी अनुसन्धान तथा छानबीनका लागि आज बिहान जाजरकोट पठाईएको जानकारी दिनुभयो । “टोलीले घटनाबारे छानबीन गर्नेछ,” डिआईजी जोशीले भन्नुभयो, “पाँच दिनभित्र त्यसको प्रतिवेदन टोलीले पेश गर्ने निर्देशन दिईएको छ ।”
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मृतकको शव आज परिवारलाई बुझाउने तयारी भएको बताउनुभयो । मृतकका परिवारले सेवा सुविधा नभएपछि शव नबुझेको भन्दै प्रजिअ पन्तले यहाँ शव नबुझे नेपालगञ्ज घरमै पु¥याईदिने बताउनुभयो । उहाँका अनुसार प्रदेश प्रहरी कार्यालयबाट खटिएको एसपी नेतृत्वको उच्चस्तरीय छानबीन टोलीले छानबीन अगाडि बढाएको छ ।
प्रदेश प्रहरी कार्यालयबाट गठित प्रहरी उपरीक्षक दास नेतृत्वको टोली र जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठसहित घटनास्थल दल्ली पुगिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी महेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनास्थल गाडीबाटै ३ः३० घण्टा लाग्ने भएकोले बाँकी यथार्थ सूचना बेलुका नै प्राप्त गराउँछौं ।”
सूचना अधिकारी आचार्यका अनुसार मृतकको शव जाजरकोट अस्पतालमा राखिएको छ तर शव परीक्षण गरिएको छैन । पीडित परिवारले भने तीन दिनसम्म भईसक्दा पनि प्रहरी प्रशासनले बुझाउन कुनै चासो नदेखाएको आरोप लगाएका छन् । बाजुरा घर भई हाल नेपालगञ्जमा बस्दै आएका कठायत चार महीनादेखि घुमुवा प्रहरीका रुपमा त्यहाँ काम गर्दै आएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्