OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
६२१ पटक

२०७८ साउन ३१

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश संग्राहलयले कर्णालीको झल्को दिनुपर्ने बताउनुभएको छ ।

आज कर्णाली प्रदेश सग्राहलय सुर्खेतको अवलोकन तथा अनुगमन गर्न जानुभएको मन्त्री बुढाक्षेत्रीले कर्णाली भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको केन्द्र भएकोले यहाँ संग्रह गरिएका सामग्रीहरुले कर्णालीको प्रतिबिम्ब झल्काउनुपर्नेमा जोड दिनुभयो । उहाँले संग्राहलयलाई कर्णालीको भाषा, संस्कृति, रहनसहनलगायत परम्पराको अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने गरी दीर्घकालीन योजना बनाएर अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

“कर्णाली प्रदेश साँस्कृतिक, धार्मिक रहनसहन र पुरातात्विक महत्वको केन्द्र हो,” मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “त्यसको प्रतिबिम्ब प्रदेश संग्राहलयमा झल्किनुपर्छ ।” कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेशको बारेमा जान्न र बुझाउन संग्राहलयको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले त्यही अनुसारको पूर्वाधार निर्माण, अध्ययन तथा अवलोकन सामग्री संग्रह गर्न निर्देशन दिनुभयो ।

संग्राहलयमार्फत कर्णालीका १० वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको बारेमा जानकारी दिन आवश्यक बताउनुभएका मन्त्री बुढाक्षेत्रीले चालु आव.भित्र यहाँका पर्यटकीय, धार्मिक, साँस्कृतिक र पुरातात्विक क्षेत्रको भिडियो डकुमेन्टी तयार गरेर संग्राहलयमा आउने पर्यटकहरुलाई देखाउने वातावरण बनाउन निर्देशन दिनुभयो ।

प्रदेश संग्राहलयका प्रमुख डबलप्रसाद शर्माले कार्यालयले गरिरहेका कामहरु र भावी योजनाका बारेमा जनाउँदै पुस्तकालय भवन नबन्दा संग्राहलयमा आउने पर्यटकहरुलाई कर्णालीको संस्कृति र पहिचानका विषयमा बुझाउन समस्या भइरहेको बताउनुभयो । यो वर्ष भने अपेक्षाकृत काम हुने प्रमुख शर्माको भनाई थियो ।

प्रतिकृया दिनुहोस्