OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही साउन ३०, २०७८काठमाडौं
५९७ पटक

 ३० साउन २०७८, शनिबार

कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयहरुले नेपाल मास्क अभियानअन्तरग ‘तपाईको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकहरुलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम शुरु भएको छ ।

सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिएपनि कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक क्रियाकलपमा लाग्न निर्देशन गरिएपनि कोही कसैले सावधानी अपनाएको पाईदैन । जसको कारण पछिल्लो एक सातामा संक्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशाला १३६ जनाको आरटी–पीसिआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जना गरी ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

“कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ३६, कालीकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका पाँच र मुगुका दुई जना रहेका छन्,” निर्देशक डा.खड्काले भन्नुभयो, “आज ११५ थपिएसँगै कर्णालीमा ३१ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

उहाँका अनुसार आज ८५ संक्रमित निको भएर घर फर्केसँगै प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २९ हजार १०७ अर्थात (९१ प्रतिशत) पुगेको छ । हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पीसीआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । आजसम्म यो प्रदेशमा सक्रिय संक्रमितको सख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जननाएको छ ।

प्रतिकृया दिनुहोस्