OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३०, २०७८जुम्ला,
३१६ पटक

खलंगा साउन ३० गते ,

जुम्लामा बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यू भएको छ ।
जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको सेतकचिनी कोरेर घर फर्किने क्रममा निधन भएकोे छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घर फर्किदै गर्दा तीन जनाको बाढिले बगाएर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तातोपानी गाउँपालिका ७ निवासी ६० बर्षका बिर्खे रावत, ३५ बर्षकी जैसरा रावत, १० बर्षक छोरा सन्देस रावतको मृत्यू भएको छ ।
जैसरा र सन्देस आमाछोरा र मृतक बिर्खे रावत सन्देसको ठूलो बुवा रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार जडिवुडि लिएर घर फर्किदै गर्दा बाढीले बगाएको बताउनुभयो । उहाँका अनुसार माथी पानी जम्मा भएर ताल भएको रहेछ, तल खोला क्रस गर्दा त्यही समयमा ताल फुटेर बगाएको बताउनुभयो ।

यता घटनास्थल तिर प्रहरी पुगेर मुचुल्का गरेको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार आफन्त, स्थानीय र जनप्रतिनिधिको रोहवरमा मृतकको मुचुल्का गरेर प्रहरी फर्किएको जानकारी दिनुभयो ।
गाउँपालिका न्यौपानले भनेप्रहरीले मुचुल्का गरेपछि दाहसस्कार गरिने जानकारी दिनुभयो । घटना दुई दिन अघि भएपनि सदरमुकाम भन्दा निकै टाढा र टेलिफोन सम्पर्क नभएकाले घटनाको जानकारी प्रहरीलाई शुक्रवार भएको र स्थानीय सहितको सहयोगमा उद्धार गरिएको जानकारी गरिएको छ ।

दुई साता अघि जुम्ला पातारासीको छुमचौरमा समेत बाढी आएर घट्ट गएकी एक अपांगता भएका महिलाको बाढी पहिरोले बगाएर ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्