OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई ,साउन २८, २०७८जुम्ला,
९६० पटक

२०७८ साउन २८ गते,
जुम्ला । मास्क हुनेले दिनुहोस, नहुनेले लिनुहोस भन्ने मुल नाराका साथ जुम्ला बजारमा मास्क बैंक स्थापना गरिएको छ ।
जुम्लाको मुख्य बजारमा मास्क बैंक स्थापना गरिएको हो । सरकारले शुरु गरेको नेपाल मास्क अभियान अतरगत थप प्रभावकारी गर्न जिल्लामा मास्क बैंक स्थापना गरिएको बताईएको छ ।

यहाँको जिल्ला कोभिड व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सहित सरोकारवालाहरुको समन्वयमा मास्क बैंक स्थापना गरिएको हो ।

कसैको मास्क नभएको समयमा मास्क दिदै मास्क लगाउने र मास्क भएकाले मास्क दिएर अरुलाई सघाउने हिसावले मास्क बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो । प्रजिअ प्रसाईका अनुसार अव बजारमा आउने सवैको मुखमा मास्क हुनुपर्छ । नभएकाहरुलाई वालमन्दिरमा गएर मास्क लिनु र हुनेले नागरिकका लागि मास्क दिने अभियान अन्तरगत सहयोग गर्न अपिल समेत गरिएको छ ।

धेरैजसोले माक्स भएर पनि मास्क प्रयोग नगर्ने तर कोहीको मास्क किन्ने आर्थिक अवस्था समेत नभएको हुदा यो अभियान महत्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताउनुभयो । उहाँले जिल्लाका सवै स्थानीय तह तथा बजार क्षेत्रमा मास्क बैंक गर्न आवश्यक रहेको बताउनुभयो ।

मास्क वैंक भने शशस्त्र प्रहरीका निगरानीमा हुनेछ । शशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा मास्क नभएकालाई ड्यूटिनै दिएर मास्क खुला स्थानमा मास्क बैंकको व्यवस्थापनमा खटिएको छ । शशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठका अनुसार मास्क दिने र लिने क्रम बढिरहेको छ । मास्कका बैंकका लागि शुरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग गरेपनि अन्य व्यक्तिहरुले समेत मास्क बैंकमा दिन थालेका छन् । गैससहरु, व्यापारी, उद्योगहरु र सहयोगी व्यक्तिहरुलाई अनुरोध समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्