OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,साउन २८, २०७८ जुम्ला,
२९९ पटक

खलंगा साउन २७ गते ।

जुम्लामा नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियान जुम्लामा पनि शुरु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले जुम्लाको चन्दननाथ नगरपालिकाबाट अभियान शुरु गरेको छ । सदरमुकाम क्षेत्रमा मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण गर्दै, सचेतना दिनै मास्क अभियान शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई सहित सरोकारवाला निकायहरुहरुको उपस्थितिमा नेपाल मास्क अभियान शुरु गरिएको हो । जुम्ला सदरमुकामको जिल्ला प्रशासन कार्यालय, कालेखोली, तलिवाडा, बसपार्क, टुडिखेल, भारतीवाडा, कर्णाली प्रतिष्ठान हुदै जिल्ला प्रशासन कार्यालयमा नेपाल मास्क अभियान लेखिएका व्यानर र प्लेकार्ड सहित सचेतना दिदै मास्क अभियान गरिएको छ ।

कोरोना भाईरसको तेस्रो भेरियन्टबाट जोगिनका लागि सरकारले शुरु गरेको मास्क अभियान सफल बनाउन र नागरिकको स्वास्थ्य जोगाउन मास्क अभियान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक नागरिकले अनिवार्य मास्क लगाउने जिम्मेवारीका साथ सचेतना बढाउनुपर्ने बताउनुभयो ।

उहाँले अव जिल्लाका मुख्य बजार क्षेत्रमा मास्क अभियान समेत शुरु गर्ने बताउनुभयो । अहिले कोरोना भाईरस बढिरहेको समयमा मास्क अभियान अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जिल्लामा कोरोना भाईरस बढिरहेको समयमा यो अभियान शुरु गर्नु निकै उत्तम भएको बताउनुभयो । उहाँले यस अभियानलाई नागरिक तहबाट सहयोग गर्न र स्विकार्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस अघि निषेधाज्ञाको समयमा पनि मास्क अनिवार्य लगाउन विभिन्न अभियान थालिएको थियो । तर सरकारले यस पटक भने नेपाल मास्क अभियान साउन २३ देखी २९ साउन सम्म नेपाल मास्क अभियान घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्