OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०७८सुर्खेत
१५४२ पटक

 २७ साउन २०७८, बुधबार

राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेशको प्रमुखमा रेभ.पा. पदम गैरे निर्वाचित हुनुभएको छ । गैरे प्रदेश प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

‘हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचान’ भन्ने मूल नारासँगै कर्णाली प्रदेशका १० जिल्लामा रहेको ४०० भन्दा बढी चर्चका प्रमुख तथा पदाधिकारीहरुको जुम सहभागितामा राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित कर्णाली प्रदेशको दोस्रो भेला तथा प्रथम अधिवेशनबाट प्रदेश प्रमुख गैरको नेतृत्वमा ४८ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

प्रदेश समितिको उपप्रमुखमा सुर्खेतका पा.गोमानसिंह बस्याल, महिला उपप्रमुखमा दैलेखका पा.पवित्रा गुरुङ, सचिवमा सुर्खेतका पा.प्रेम बयलकोटी, उपसचिवमा सुर्खेतका भक्त मर्साङ्गी र कोषाध्यक्षमा सुर्खेतकै मनोज पुलामी निर्विरोध निर्वाचित हुनुभएको ख्रीष्टियन महासंघका केन्द्रीय उपाध्यक्ष तथा मानव अधिकार विभाग प्रमुख एवं निर्वाचन मण्डलका संयोजक अधिवक्ता भविन्द्र राईले जानकारी दिनुभयो ।

त्यस्तै, महासंघको प्रदेश समिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुखमा जुम्लाका कर्णबहादुर भण्डारी, उपप्रमुखमा सुर्खेतका पा.निशान घर्ती र सदस्यमा कालीकोटका सागर विश्वकर्मा, मण्डली समन्वय विभाग प्रमुखमा पूर्वी सुर्खेतका पा.लीलबहादुर सुनार, उपप्रमुखमा मुगुका पा.राजु मल्ल, सचिवमा रुकुमपश्चिमका रेभ फादर अमर थापा र सदस्यमा जाजरकोटका पा.शेरबहादुर गिरी रहेको संयोजक अधिवक्ता राईले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक समन्वय विभाग प्रमुखमा सुर्खेतका एल्डर रामजीप्रसाद कोईराला, उपप्रमुखमा जुम्लाका रेभ.फादर धनबीर नेपाली, सचिवमा सुर्खेतका खड्क बयलकोटी, सदस्यमा बीरबहादुर महर, अन्तर धार्मिक समन्वय विभाग प्रमुखमा दैलेखका रेभ.पा.बिर्ख बयलकोटी, उपप्रमुखमा सुर्खेतका रेभ.फादर पूर्ण वर्देवा, सचिवमा सुर्खेतका पा.चन्द्र रोका क्षेत्री र सदस्यमा सुर्खेतकै पा.शिव परियार निर्वाचित हुनुभएको छ ।

उक्त अधिवेशनले हिमाली भेक मण्डली समन्वय विभाग पनि गठन गरेको छ । जसको प्रमुखमा हुम्लाका पा.हर्कबहादुर तामाङ, उपप्रमुखमा मुगुका पा.गोरख बम, सचिवमा कालीकोटका पा.पूर्ण सेजुवाल, सदस्यहरुमा मुगुका पा.धनराज रावल र डोल्पाका पा.राजेन्द्र झाँक्री मगर निर्वाचित हुनुभएको छ ।

त्यस्तै, अधिवेशनबाट राजनीतिक समन्वय विभाग प्रमुखमा सुर्खेतका अगुवा धर्मजंग थापा उपप्रमुखमा सुर्खेतका अगुवाद्वय अमर विक र पा.प्रेम नेपाली, सचिवमा एल्डर मिलन बिसी र सदस्यमा अगुवा चन्द्रबहादुर नेपाली, संगठन विभाग प्रमुख सुर्खेत पा.लिलबहादुर श्रीस, सचिवमा हिक्मत गिरी र सदस्यमा जुम्लाका एल्डर जगदीश नेपाली निर्वाचित हुनुभएको छ ।

शिक्षा विभाग प्रमुखमा सल्यानका पा.बलबहादुर ताम्राकार, उपप्रमुख रुकुमपश्चिमका रेभ.फादर सूर्यप्रकाश जिएम र सदस्यमा सुर्खेत एल्डर ललिता आउजी, महिला विभागको प्रमुखमा मुगुका पा.रजनी भाम, सचिवमा सुर्खेतका कृष्णा गैरे र सदस्यमा सुर्खेतका पा.एल्जिना मगर, प्रार्थना विभाग प्रमुखमा सुर्खेतका अगुवा दिलमाया बुढा, सचिवमा सुर्खेतका प्रकाश बराईली, सदस्यद्वय जुम्लाका सत्तल सार्की र कालीकोटका जिर सेजुवाल निर्वाचित हुनु भएको छ ।

त्यसैगरी अधिवेशनबाट युवा विभागका प्रमुख सुर्खेतका पा.चिरञ्जिवि गैरे, उपप्रमुख तिमोथी नेपाली र सचिवमा सुवास खरेल निर्वाचित हुनुका साथै सुर्खेतका रेभ.पा.लाबहादुर बयलकोटी, पा.त्रय ज्ञानबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, बीरबहादुर राना, जुम्लाका पा.द्वय नारायणदत्त न्यौपाने र दत्त महतारासहितको सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।

ख्रीष्टियन महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले प्रदेश समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जुममार्फत् एकै पटक पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै ‘धार्मिकताले राष्ट्रलाई उचाल्छ’ भन्ने मूलमन्त्र, नेपाल देश, पिता–पुत्र–पवित्र आत्मा त्रि–एक प्रमेश्वर र विधानको ओतमा रहेर काम गर्न निर्देशन दिनुभयो ।

प्रदेश समितिका नवनिर्वाचित प्रदेश प्रमुख पदम गैरेले कर्णाली प्रदेशमा ४०० मण्डली गरेर यहाँको कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ५० हजारको संख्यामा रहेका उपेक्षित, उत्पीडित ख्रीष्टियनहरुको अवस्थालाई नेपालको संविधान, २०७२ को भाग ३ मा व्यवस्था गरिएका मौलिक हकअन्तरगत रहेर उनीहरुको सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक अधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा विधिसंगत दबाब सृजना गर्न पहल एवं पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

अधिवेशनमा रेभ पा.टेकविक्रम हिताङ्ग र फिलेमन क्षेत्रीले प्रभुको वचन सबै माझ टुक्र्याउनुभएको थियो । कर्णाली प्रदेशको प्रथम अधिवेशनमा महासंघका केन्द्रीय पदाधिकारी तथा सातै प्रदेशका प्रमुखहरुको सहभागिता रहेको थियो । लामो समयदेखि नेपाली ख्रीष्टियहरुको धार्मिक, साँस्कृतिक तथा सामाजिक अधिकारका क्षेत्रमा संघर्ष गर्दै आएको राष्ट्रिय ख्रीष्टियन महासंघको नवौं राष्ट्रिय भेला यस अघि विसं.२०७५ बैशाख १९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्