OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीसाउन २७, २०७८सुर्खेत
७२१ पटक

 २७ साउन २०७८, बुधबार

कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको सक्रिय संख्या पछिल्लो समयमा ह्वात्तै बढेर आज ९३२ जना पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सक्रिय संक्रमितहरुको संख्यामा वृद्धि भएको हो ।

प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो गरेसँगै बढेको मानव आवतजावत तथा क्रियाकलपाले संक्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । निर्देशनालयका निर्देशक डा.रविन खड्का अनुसार कर्णालीमा आजमात्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६ जनामा गरिएको आरटी पीसिआर परीक्षणका क्रममा २७ र १९७ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

“आज ६५ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट ३१ हजार १६५ जना संक्रमित भएका छन्” उहाँले भन्नुभयो, “पछिल्लो तथ्याङ्क नियाल्दा कर्णालीको सुर्खेतमा कोरोना संक्रमण दर बढेको देखिन्छ ।” त्यस्तै, पछिललो २४ घण्टामा ५९ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट कर्णालीमा हालसम्म ३५६ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्