OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७६सुर्खेत
४३० पटक

सुर्खेत, २० पुस ः राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।
आसन्न माघ नौ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेकपाका नेता मायाप्रसाद शर्मा आचार्य र नेतृ सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आज मनोनयन दर्ता गर्नुभएको छ । शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी बीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी हुनुहुन्छ ।
नेता शर्माको मनोनयन दर्ता प्रस्तावकमा करबिर शाही र समर्थकमा ठम्मर विष्ट तथा नेतृ बिसीको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली र समर्थकमा बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारीले रहनुभएको निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो ।
सोही निर्वाचनका लागि नेपाली काँग्रेसबाट नेता डिल्लीराम पाठक र नेतृ गणेशकुमारी बस्नेतले मनोनय दर्ता गर्नुभएको छ । नेता पाठकको मनोनयन दर्ता प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र समर्थकमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्र थापा तथा नेतृ बस्नेतको मनोनय दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी र समर्थकमा गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्तबहादुर पुन रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
दुवै पार्टीका उम्मेदवारहरुले आ–आफ्नो जीत सुनिश्चित भएको घोषणा गरेका छन् । नेकपाका उम्मेदवार शर्माले देश, जनता र परिवर्तित व्यवस्था कार्यान्वयका लागि उम्मेदवारी दिएको जनाउँदै जीत सुनिश्चित रहेको बताउनुभयो । त्यस्तै, नेतृ बिसीले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को लक्ष्य पुरा गर्न र महिला तथा उत्पीडित वर्गको न्यायको खाँतिर आफ्नो उम्मेदवारी दिएको बताउनुभयो ।
यता काँगे्रेसका उम्मेदवार पाठक र बस्नेत दुवैले नेकपाको निरंकुश, अधिनायकवादी शैली र मनपरीतन्त्रका विरुद्ध आफ्नो उम्मेदवारी दिएको भन्दै यो चुनावमा आफ्नो जीत सुनिश्चित रहेको दावी गर्नुभयो । यद्यपि ७९ मा ५३ स्थानीय तह ४० मा ३३ प्रदेशसभा सदस्य नेकपाका भएकोले उक्त पार्टी आफू जित्नेमा ढुक्क छ ।
उक्त निर्वाचनका लागि कर्णाली प्रदेशका स्थानीय तहअन्तरगत ५४ गाउँपालिकाका १०८ अध्यक्ष र उपाध्यक्ष, २५ नगरपालिका ५० प्रमुख र उपप्रमुख तथा ४० कर्णाली प्रदेशसभा सदस्यगरी जम्मा १९८ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्