OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०७८सुर्खेत
५१८ पटक

 २६ साउन २०७८, मंगलबार

विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्न कार्ययोजना निर्माण गरिने बताएको छ ।

नेपाल स्वास्थ्य संगठनले गर्दै आएको कामको बारेमा जानकारी दिन आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश पाण्डवले कार्ययोजना बनाउन लागिएको बताउनुभयो । अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर भन्दै प्रमुख डा.पाण्डवले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाउनुभयो ।

“हरेक वर्गका नागरिकहरुको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य संगठनले राख्दछ । यहाँका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौं,” प्रमुख डा. पाण्डवले भन्नुभयो, “यसका लागि संघ र प्रदेश सरकारले यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।”

कर्णालीका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा संगठनले सहयोग गर्ने भन्दै उहाँले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गर्नुभयो । डब्लुएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाइ १७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्