OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०७८काठमाडौं
६९४ पटक

२६ साउन २०७८, मंगलबार

कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे बस्तीमा दुई जना युवाको मृत्यु भएको छ । यो एक एक सातामा उनीहरुको मृत्यु भएको हो ।

एक हप्ताको अन्तरालमा राउटे समुदायका २८ वर्षीय मानसिंह शाही र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटबाट कालीमाटी गाउँपालिका सल्यानको काल्चे खोलामा सरेका राउटेहरुमा मानसिंह र दलबहादुर शाहीको कालगतिले मृत्यु भई आफ्नै परम्परा अनुसार राउटे समुदायले दाहसंस्कार गरिसकेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

मान्छे मर्दा ठाउँ सर्ने परम्परा अनुसार राउटेले सोही गाउँपालिकाको काल्चे खोलाबाट अलि अघि बस्ती सारेको उहाँले अवगत गराउनुभयो । यस अघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको जनाईएको छ । १४३ को संख्यामा रहेका राउटे तीन जनाको मृत्युपछि अहिले १४० जना रहेको उहाँले बताउनुभयो ।

राउटे मृत्यु खबर पाएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेसहितको स्वास्थ्यकर्मीको टोलीले सोमबार बस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको थियो । सो बस्तीमा पुगेर राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच उहाँले बताउनुभयो । सबैको स्वास्थ्य जाँच गर्न खोज्दा पनि नआएको उहाँले बताउनुभयो ।

“राउटे बस्तीमा पुग्दा धेरै बालबालिकाहरु कुपोषित भएको भेटियो । त्यो समुदायमा सरसफाई नभएको र घाउचोट लागेका बिरामीहरु धेरै रहेछन्,” उहाँले भन्नुभयो, “बालबालिकालाई जुकाको औषधि खुवायौं । मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगको बढी समस्या भएको पाईयो ।” जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेका क्षेत्रमा काम गर्दै आएको एक गैर सरकारी संस्था सोसेकबाट स्वास्थ्यकर्मी खटाईएकोले केही औषधि छोडेर आईएको र आवश्यक औषधि पठाउने भन्ने भएको छ ।

प्रतिकृया दिनुहोस्