OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०७८काठमाडौं
४८८ पटक

२५ साउन २०७८ सोमबार

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

प्रदेश तथा जिल्ला प्रहरी कार्यालय सुर्खेेतका संयुक्त प्रहरी टोलीले आईतबार नौं र आज दुई फरार प्रतिवादी पक्राउ गरेको हो । आईतबार सम्बन्ध बिच्छेद, चेक अनादर, जुवा मुद्दाको एक÷एक, घरेलु हिंसाको दुई, अंशबण्डा मुद्दाको चार गरी जम्मा नौ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, कुटपिट गरी फरार रहेका कुटपिट मुद्दाको एक र जुवा मुद्दाको एक गरी दुई फरार प्रतिवादीहरुलाई प्रहरीले आज पक्राउ गरेको प्रवक्त श्रेष्ठले बताउनुभयो । पक्राउ परेको ११ फरार प्रतिवादीहरुलाई जिल्ला अदालत सुर्खेतमा बुझाईएकोमा उहाँले जनाउनुभयो ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तरगत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतमा बुझाईएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट रु.दुई लाख अठहत्तर हजार ४५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्