OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७६ सुर्खेत
३७५ पटक

सुर्खेत, १९ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवनियुक्त पदाधिकारीलाई यहाँको वास्तविकतामा रहेर काम गर्न आग्रह गर्नुभएको छ ।
प्रतिष्ठानका नवनियुक्त शिक्षाअध्यक्ष एशोसियट प्रोफेसर डा.निरेश थापा र अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा.मंगल रावलसँगको आजको भेटघाटमा दुवै पदाधिकारीहरुलाई हार्दिक बधाई दिदै मुख्यमन्त्री शाहीले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत प्रदेश सरकारका महत्वपूर्ण विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिष्ठानलाई राजनीतिबाट मुक्त गर्नुपर्छ । यहाँका १० वटै जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव छ । तसर्थ प्रतिष्ठानले प्रदेशभरि सेवा विस्तारगरी त्यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ” उहाँले शिक्षाध्यक्ष नेतृत्वको टोलीलाई यहाँको जनताको स्वास्थ्य सर्वेक्षणगरी प्रोफाईल तयार गर्न सुझाउनुभयो । प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, समस्यामा सहजीकरण र आवश्यकतामा सम्पूर्ण सहयोग गर्ने मुख्यमन्त्री शाहीले वचन दिनुभएको छ ।
शिक्षाध्यक्ष डा.थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने बताउनुभयो । प्रतिष्ठानको पुस १४ सातौं सिनेट बैठकबाट शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजिपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय भएबमोजिम कार्यान्वयनको प्रक्रियामा जाने उहाँले बताउनुभयो ।
यिनै शैक्षिक कार्यक्रमबाट जनशक्ति उत्पादन गरेर यस प्रदेशको अभाव रहेको स्वास्थ्य जनशक्ति पुरा गर्ने उद्देश्यका अघि बढ्ने डा.थापाको भनाई थियो । अस्पताल निर्देशक डा.रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य सम्पतिका रुपमा रहेको प्रतिष्ठानको उच्चत्तम विकासमा प्रदेश सरकारले आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्