OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २३, २०७८सुर्खेत
५४५ पटक

२३ साउन २०७८, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तरगत भेरीगंगा नगरपालिका ५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्ट रु.१४ लाख ७५ हजारको अवैध खाद्य पदार्थ बरामद गरेको छ ।

नेपालगञ्जदेखि सुर्खेत जाँदै गरेको रा.१.क ११५६ नम्बरको ट्रकमा अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको हो । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा शुक्रबार रु.१४ लाख ७५ हजार ९६६ बराबरको अवैध खाद्य पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक घर्तीले अवैध खाद्य तथा सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित त्रिवेणी गाउँपालिका ३ रोल्पाका २४ वर्षीय ट्रक चालक खुमबहादुर पुन मगरलाई नियन्त्रण लिई आवश्यक कारवाहीका लागि अवैध खाद्यवस्तु, ट्रक र चालक पुन मगरलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्