OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १८, २०७६ सुर्खेत
४४२ पटक

सुर्खेत, १८ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न संघीयता आएको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज गुडलिङ्क मिडिया प्रालिको तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले हिजोको केन्द्रीकृत शासन व्यवस्थाबाट जनचाहाना पुरा नहुँदा मुलुक अहिलेको संघीय व्यवस्थामा आईपुगेको बताउनुभयो । “हामी सबैको चाहाना भनेको तीव्र विकास हो, सुशासन हो,” उहाँले भन्नुभयो, “तर हामीमा जताततै थुप्रै समस्या छन् । मूलत ः तिनै समस्याको गर्भबाट समाधान खोजेर सहि काम स्थापित गर्दै अघि बढिन्छ ।
हामी निराश हुनुपर्ने अवस्था नभएको जिकिर गर्दै मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “ विश्व एक गाउँ भइसकेको छ । सूचना र सञ्चारका हिसाबले हामी नजिक नै छौं र परेका समस्याका विषयमा सञ्चार माध्यमबाट सजिलै थाहा पाउन सकिन्छ ।” यद्यपि सञ्चार जगत्ले सत्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गरेर समाज रुपान्तरमा टेवा पुर्याउनुपर्नेमा उहाँको जोड थियो ।
एकजना मुख्यमन्त्री मात्रैले चाहेर केही नहुने भन्दै उहाँले भूगोल, सामाजिक, सांस्कृतिकरुपले पछि परेको प्रदेश माथि उठाउन कर्णालीको बौद्धिक जनशक्तिलाई पुन कर्णाली फर्कन अपिल गर्नुभयो । कार्यक्रममा नेकपा कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा आचार्यले पत्रकारहरुलाई सरकारको असल पहरेदारका रुपमा काम गर्न आग्रह गनुुभयो ।
पत्रकारहरुलाई समाज रुपान्तरणमा निष्ठावान भएर लाग्न सुझाउँदै सचिव आचार्यले जनप्रतिनिअिधिकारको प्रभावकारी कार्यान्वयन गर्न संघीयता व्यवस्था
सुर्खेत, १८ पुस ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको अधिकारको प्रभावकारी कार्यान्वयन गर्न संघीयता आएको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज गुडलिङ्क मिडिया प्रालिको तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले हिजोको केन्द्रीकृत शासन व्यवस्थाबाट जनचाहाना पुरा नहुँदा मुलुक अहिलेको संघीय व्यवस्थामा आईपुगेको बताउनुभयो । “हामी सबैको चाहाना भनेको तीव्र विकास हो, सुशासन हो,” उहाँले भन्नुभयो, “तर हामीमा जताततै थुप्रै समस्या छन् । मूलत ः तिनै समस्याको गर्भबाट समाधान खोजेर सहि काम स्थापित गर्दै अघि बढिन्छ ।
हामी निराश हुनुपर्ने अवस्था नभएको जिकिर गर्दै मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “ विश्व एक गाउँ भइसकेको छ । सूचना र सञ्चारका हिसाबले हामी नजिक नै छौं र परेका समस्याका विषयमा सञ्चार माध्यमबाट सजिलै थाहा पाउन सकिन्छ ।” यद्यपि सञ्चार जगत्ले सत्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गरेर समाज रुपान्तरमा टेवा पुर्याउनुपर्नेमा उहाँको जोड थियो ।
एकजना मुख्यमन्त्री मात्रैले चाहेर केही नहुने भन्दै उहाँले भूगोल, सामाजिक, सांस्कृतिकरुपले पछि परेको प्रदेश माथि उठाउन कर्णालीको बौद्धिक जनशक्तिलाई पुन कर्णाली फर्कन अपिल गर्नुभयो । कार्यक्रममा नेकपा कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा आचार्यले पत्रकारहरुलाई सरकारको असल पहरेदारका रुपमा काम गर्न आग्रह गनुुभयो ।
पत्रकारहरुलाई समाज रुपान्तरणमा निष्ठावान भएर लाग्न सुझाउँदै सचिव आचार्यले जनप्रतिनिधिहरुको गलत गतिविधि विरुद्ध सत्यतथ्य समाचार ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा पत्रकार प्रभात चलाउनेले सरकारको आलोचना विकाउनका लागि नभई सुझाव प्रदान गर्न व्यक्त गरिने टिप्पणी भएको जनाउनुभयो ।
आजको समाज भत्किने दिशातिर उन्मुख रहेको प्रति चिन्ता गर्दै पत्रकार चलाउनेले भन्नुभयो, “हामीसँग स्पष्ट दृष्टि र सोच छैन । युवा पिढी अर्काको सपनामा दौडिरहेका छन् । यिनी कुरामा गम्भीर भएर तीनै तहका सरकारहरुले स्पष्ट नीति, कार्यक्रम तथा योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जानुपर्दछ ।”
कार्यक्रममा प्रालिका अध्यक्ष तथा पत्रकार भौतिक मल्लले कर्णालीको कोशेलीका रुपमा कुशे न्यूज डटकमको जन्म भएको बताउँदै यसले श्रव्य, दृश्य र लेखनका सामग्रीबाट यहाँको विकटतालाई निकटतामा रुपान्तरण गर्ने जिकिर गर्नुभयो । उक्त वार्षिकोत्सवमा कर्णाली प्रदेशसभाका सदस्यत्रय गणेशप्रसाद सिंह, ठम्मर विष्ट र कृष्णा शाह (आचार्य), बरिष्ठ पत्राकार संकेत कोइरालासहित अधिकारर्मी, नागरिक अगुवा, युवा तथा पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
धहरुको गलत गतिविधि विरुद्ध सत्यतथ्य समाचार ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा पत्रकार प्रभात चलाउनेले सरकारको आलोचना विकाउनका लागि नभई सुझाव प्रदान गर्न व्यक्त गरिने टिप्पणी भएको जनाउनुभयो ।
आजको समाज भत्किने दिशातिर उन्मुख रहेको प्रति चिन्ता गर्दै पत्रकार चलाउनेले भन्नुभयो, “हामीसँग स्पष्ट दृष्टि र सोच छैन । युवा पिढी अर्काको सपनामा दौडिरहेका छन् । यिनी कुरामा गम्भीर भएर तीनै तहका सरकारहरुले स्पष्ट नीति, कार्यक्रम तथा योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जानुपर्दछ ।”
कार्यक्रममा प्रालिका अध्यक्ष तथा पत्रकार भौतिक मल्लले कर्णालीको कोशेलीका रुपमा कुशे न्यूज डटकमको जन्म भएको बताउँदै यसले श्रव्य, दृश्य र लेखनका सामग्रीबाट यहाँको विकटतालाई निकटतामा रुपान्तरण गर्ने जिकिर गर्नुभयो । उक्त वार्षिकोत्सवमा कर्णाली प्रदेशसभाका सदस्यत्रय गणेशप्रसाद सिंह, ठम्मर विष्ट र कृष्णा शाह (आचार्य), बरिष्ठ पत्राकार संकेत कोइरालासहित अधिकारर्मी, नागरिक अगुवा, युवा तथा पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्