OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दीपेन्द्र शर्मासाउन २०, २०७८सुर्खेत
८७४ पटक

२० साउन २०७८, बुधबार

कर्णाली प्रदेश सरकारले तीनपाङ्ग्रे सवारी साधन अटो रिक्सालाई गर्ने भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने अटो रिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा व्यवस्थित गर्न लागेको हो ।

मन्त्रालयले तीनपाङ्ग्रे सवारी साधन अटो रिक्सा व्यवस्थित गर्नका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका अधिकृतस्तर सातौ तहका भीमबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा यातायात व्यवस्था कार्यालय सुर्खेतका आनन्द चपाई, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत शमशेर राना, वीरेन्द्रनगर नगरपालिकाका नमराज गिरी र सदस्य सचिवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य रहेका छन ।

अटो रिक्सालाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी साउन महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेश गर्न कार्यदललाई समय दिइएको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले जानकारी दिनुभयो। मन्त्री थापाका अनुसार कार्यदलले अटो रिक्साको भाडादर निर्धारण, रुट व्यवस्थापन, कुनै एक स्थानीय तहमा दर्ता भई अर्को स्थानीय तहमा संचालन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

त्यस्तै कार्यदलले अटो रिक्सा पार्किङ्ग व्यवस्थित गर्न, ट्राफिक जनशक्तिको थप व्यवस्थापन सम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार गरिने छ । कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले अटोरिक्सालाई व्यवस्थित गर्नका लागी आवश्यक प्रक्रिया थाल्ने मन्त्री थापाले बताउनुभयो । अध्ययन प्रतिवेदनका आधारमा अटो रिक्सालाई कसरी व्यवस्थापन गर्न सकिन्छ र अहिलेको समस्या कसरी हल गर्ने भन्ने विषयमा मन्त्रालय अगाडि बढ्ने उहाँको भनाइ छ ।

कार्यदलले अध्ययन अवधिमा कम्तिमा १० वटा बैठक बस्न सक्नेछ । कार्यदलले आवश्यकता अनुसार सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी अध्ययन प्रतिवेदन दिनेछ ।

प्रतिकृया दिनुहोस्