OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १५, २०७८ सुर्खेत
५३८ पटक

५ साउन २०७८, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु.४० लाख २६ हजारको अवैध मालसमान बरामद गरेको छ । प्रहरीले अवैध मालसमान लिएर काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना.६.ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणमा लिएको हो ।

अवैध मालसमानसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बससँगै रु.४० लाख २६ हजार ५३३ बराबरको अवैध मालसामान र सवारी चालक जानकी गाउँपालिका २ बाँके निवासी ४१ वर्षीय दलबहादुर बोहोरालाई नियन्त्रणका लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

बरामद गरिएको अवैध मालसमानहरुमा विद्युतीय सामग्रीलगायतका विभिन्न पाटपूर्जा रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । उक्त बसलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यसैगरी, प्रहरीले आजै तीनजना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतका हर्कबहादुर विक, सवारी ज्यान मुद्दाका सोही नगरपालिका २ का धर्मराज न्यौपाने र चेक अनादर मुद्दाका फरार प्रतिवादी चौकुने गाउँपालिका १० सुर्खेतका नवीनकुमार बमलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्न थालिएको अभियानअन्तरगत विशेष सूचनाका आधारमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुर्खेतसमक्ष बुझाईएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्