OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन १५, २०७८जुम्ला,
४७४ पटक

खलंगा साउन १४ गते ।

यहाँको सिञ्जा क्षेत्रमा स्थापना भएको ईलाका प्रशासन कार्यालयमा नागरिकता सेवा लिनेको संख्या बढेको छ ।
सिञ्जा क्षेत्रका हाल तीनवटा स्थानीय सरकार र साविकको ११ वटा गा.विसका जनताको सेवा प्रवाहलाई मध्यनजर राख्दै सिञ्जामा स्थापना गरिएको ईलाका प्रशासन कार्यालयले हाल सम्म आठ हजार पाँच सय ९८ जना नागरिकको नागरिकता बितरण गरिएको ईलाका प्रशासन कार्यालयले जानकारी दिएको छ ।

ईलाका प्रशासन कार्यालय जुम्लाका कायम मुकाम प्रमुख मधुशंकर उपाध्यायका अनुसार नयाँ नागरिकता पाँच हजार आठ सय ९२ जना, प्रतिलिपी नागरिकता दुई जहरा एकसय ६५ र पाँचसय ४१ जनाले नावालक परिचयपत्र दिईएको छ । यसैगरी ५३० वटा सिफारिस गरिएको ईलाका प्रशासन कार्यालयले जानकारी दिएको छ ।
घरनजिक नागरिकता प्रदान गर्ने भएपछि कहिलेकाही त कार्यालय समय पछि पनि काम हुने गरेको ईलाका प्रशासन कार्यालयका कर्मचारी कृष्ण चौलागाईले जानकारी दिनुभयो ।
प्रजिअको अनुगमन ः
यसैगरी ईलाका प्रशासन कार्यालयको सेवा प्रवाहका बिषयमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले अनुगमन समेत गर्नुभएको छ । उहाँले ईलाका प्रशासन कार्यालय नराकोटको व्यवस्थापनका बिषयमा अनुगमन गर्नुभएको हो । यसैगरी ईलाका प्रहरी कार्यालय नराकोटको समेत अनुगमन गर्नुभएको छ । उहाँले ईलाका प्रशासन कार्यालयको अवस्था र सेवा प्रवाहको व्यवस्थापनको बिषयमा अनुगमन गर्नुभएको हो । प्रजिअ प्रसाईले अहिले ईलाका प्रशासन कार्यालयमा नयाँ भवन निर्माण कार्यभईरहेको र लगत्तै ईन्टरनेटबाट नागरिकता प्रदान गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

सिञ्जा क्षेत्रमा नागरिकता वितरण कार्य भएपछि त्यहाँका नागरिकहरुलाई सजिलो हुने भएको छ । घरबाटै नागरिकता बनाएर फर्किने सहयोग भएको स्थानीयले बताएका छन् । सिञ्जा गाउँपालिकाका उपाध्यक्ष जन्मकन्याखत्रीले घर नजिक ईलाका प्रशासन कार्यालय भएपछि नागरिकता लिन सजिलो भएको जानकारी गर्नुभयो । उहाँका अनुसार दरवन्दी भने पुर्ति हुन नसकेका कारण कर्मचारीलाई समस्या भईरहेको छ ।

एक दिनको समय लगाएर सदरमुकाममा आई नागरिकता बनाउन कठिन अवस्था हुन्थ्यो तर अहिले सजिलो हुदै आएको स्थानीय बताउछन् । स्थानीयले कृषि विकास वैंक पनि सिञ्जामा हुनुपर्ने माग गरेका छन् ।

यसैगरी ईलाका प्रशासनमा इईन्टरनेट व्यवस्था नहुदा समस्या भएको छ ।यस्तै प्रशासनको गाडि नहुदा अनुगमन तथा आवत जावतमा समस्या भईरहेको बताईएको छ । यसैगरी दरवन्दी अधिकृतको भएपनि अधिकृत कोहीपनि आउन नमानेका कारण समस्या भएको र एक जना नायव सुब्बा पनि आउन वाँकी रहेको प्रशासनले जनाएकोछ । अधिकृत सहित ७ जना दरवन्दी भएको ईलामा अहिले नायव सुब्बा मधुशंकर उपाध्यायलाई कामु जिम्मेवारी सहित नागरिकता वितरणको जिम्मा दिईएको र अन्य एक जना सलेपा, १ जना कम्यूटर अपरेटर र २ जना कार्यालय सहयोगीले ईलाकामा काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्