OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०७८काठमाडौं
५८९ पटक

१२ साउन २०७८, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्ने क्रममा मुख्यमन्त्री शाहीले आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा ३३.३३ प्रतिशतले खर्च प्रगति बढेको बताउनुभएको हो ।

प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारिता एवं बजेट कार्यान्वयनको प्रगति क्रमश वृद्धि हुदै गएको भन्दै सरकारका सबै निकायमा क्रियाशील राजनीतिक तथा प्रशासनिक नेतृत्व एवं समग्र राष्ट्रसेवक कर्मचारीलाइ उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

समीक्षा कार्यक्रमार्फत मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ चालुतर्फ १४ अर्व ६७ करोड २२ लाख ३२ हजार, पूजींगत तर्फ १९ अर्ब ०६ करोड ९१ लाख २१ हजार गरी कुल रु.३३ अब ७४ करोड १३ लाख ५३ हजार बजेट विनियोजन गरेको प्रदेश सरकारले चालुतर्फ रु.आठ अर्ब ५१ करोड ४२ लाख ७५ हजार, पुजींगततर्फ रु.१३ अर्ब ५९ करोड ४४ लाख २० हजार गरी जम्मा खर्च रु.२२ अर्व १० करोड ८६ लाख ९६ हजार (६५.५२ प्रतिशत) गरेको समीक्षामार्फत जनाईएको छ ।

प्रदेश सरकारले रु.३२ राजश्व संकलनको लक्ष्य लिएकोमा ५० करोड संकलन गरेको, कोभिड–१९ महामारीको प्रतिकुल अवस्थामा समेत ३३.३३ प्रतिशत बजेट खर्च वृद्धि गरेको, स्थानीय तहमा वित्तिय हस्तान्तरणमार्फत कुल बजेटको १० प्रतिशत रकम हस्तान्तरण गरिएको भन्दै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार निर्माणअन्तरगत २१ किलोमिटर सडक कालोपत्र, एक हजार १३६ किलोमिटर सडक ग्राभेल, ७५८.२ किलोमिटर कच्ची सडक निर्माण, ११ वटा झोलुङ्गे पुल, सातवटा सडक पुल निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्