OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन १२, २०७८जुम्ला,
४७१ पटक

खलंगा साउन १२ गते ।

यहाँको सिञ्जा गाउँपालिकामा कोरोना भाईरस रोकथामका लागि परीक्षण शुरु गरिएको छ ।
दोस्रो लहरको कोरोना पछि पहिलो पटक सिञ्जा गाउँपालिकामा कोरोना परीक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई सहित सहितको सुरक्षा निकायहरुको टोली र स्वास्थ्य शाखाँको टोलीले कोरोना परीक्षण शुरु गरेको हो । स्थानीय तहमा परीक्षणनै भएन भन्ने गुनासोको आधारमा स्थानीय सरकारको समन्वयमा परीक्षण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिनुभयो ।

पहिलो दिनमा ५० जनाको परीक्षण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख नरबहादुर रोकायाका अनुसार ५० जनाको परीक्षण गरिएकोमा ११ जना एन्टिजन र अन्य ३९ जना पिसिआर परीक्षण गरिएको हो । आरडिटी एन्टिजन परीक्षण गरिएका ११ जनाकै नजिता नेगेटिभ आएको छ । पिसिआरको भने एकदिन पछि नतिजा आउने स्वास्थ्य शाखाले जानकारी दिएको छ । सिञ्जा गाउँपालिका नराकोट बजारमा रहेको अस्थाई कोभिड अस्पतालमा प्रमुख जिल्ला अधिकारी प्रसाई एक घण्टा बसेर पिसिआर परीक्षण अवलोकन गर्नुभएको थियो । यसैगरी प्रजिअ प्रसाईले कोभिड अस्पतालमा माक्स कम भएको गुनासो आएपछि तत्काल माक्स उपलब्ध गराउन स्वास्थ्य शाखालाई निर्देशन पनि गर्नुभएकोे छ ।

चन्दननाथका व्यापारीलाई पनि परीक्षण :

कोरोनको ग्राफ फेरी बढेपछि सिञ्जामा शुरु गर्ने र चन्दननाथका व्यापारीलाई फेरी परीक्षण गरिएको थियो । चन्दननाथमा ३५ जना व्यापारीको परीक्षण गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य निरीक्षक क्षेत्रबहादर महतका अनुसार २४ जनाको पिसिआर र ११ जनाको आरडिटी गरिएको छ । ११ जना आरडिटी परीक्षण गरिएको मध्य १ जनाको नतिजा भने पोजेटिभ आएको स्वास्थ्य निरीक्षक महतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्