OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ११, २०७८सुर्खेत
९३३ पटक

११ साउन २०७८ सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाखालबाट रु.दुई लाखसहित आठ जनालाई पक्राउ गरेको छ । एक होटल सञ्चालक र सात जुवाडेलाई प्रहरीले हिँजो बेलुकी ५ः३० बजे पक्राउ गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकां ४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका २ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानीका ३० वर्षीय किरण बिष्ट, सोही नगरपालिका ७ निवासी हाल वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत रातोपुल नजिक बस्ने २२ वर्षीय बखत शाही, डुङ्गेश्वर गाउँपालिकां. ४ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका ४ खोर्केलाईन बस्ने ३० वर्षीय लोकबहादुर बुढा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै, गुराँस गाउँपालिका १ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भैरवस्थान बस्नेु ३० वर्षीय पदम सलामी मगर, सुर्खेत चिङगाड गाउँपालिका घर भई वीरेन्द्रनगर ४ भैरवस्थान बस्ने ४० वर्षीय बलबहादुर बाह्रघरे, वीरेन्द्रनगर नगरपालिका ४ खोर्केलाई बस्ने गुराँस गाँउपालिकां ६ दैलेख निवासी २८ वर्षीय यामबहादुर रोकाय र तुर्माखाँद गाँउपालिका ३ अछाम स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ बस्ने ३५ वर्षीय जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

होटलमा पैसाको हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित जुवाखालवाटै दुई लाख १४ हजार ९७० नगद र दस्तखत गरिएका बिभिन्न बैंकका ११ थान चेक पनि बरामद गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी, प्रभू बैंकको रु.चार लाख लेखिएको दस्तखतसमेत भएको एक थान चेक, एन.एम.बि. बैंकको उनान्पचास हजार रकम उल्लेख गरी दस्तखत गरिएको एक थान चेकका साथै जुवा खेल्न प्रयोग गरिएको एक गड्डी तास र तास खेल्न बिच्छाईएको एक थान लिउ पनि रीतपपूर्वक बरामद गरिएको उहाँले बताउनुभयो ।

जुवाडेसहित होटल संञ्चालक डुङगेश्वर गाँउपालिका ५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भैरवस्थान बस्ने २६ वर्षीय शकुन्तला न्यौपाने समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

छ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिन अघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी फेरी सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तरगत फरार प्रतिवादीहरु श्रृङ्खलावद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई तीव्र बनाएर अदालतको फैसला कार्यान्वयनमा सहयोग पुर्याएको छ । त्यही क्रममा हिंजो मात्र छ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा छ महिना कैद, छ हजार जरिवाना सुनाईएका वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ्ग तुलसीपुर उपमहानगरपालिका ७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै, लिखत बेईज्जती मुद्दामा रु.तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका ४५ वर्षीय जैसरा बोहोरा, जालसाँजी मुद्दामा रु.एक÷एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका १० का २७ वर्षीय कुमार गुरुङ, २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका छ प्रतिवादीहरुलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको छ । त्यसैगरी, लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत गणेशचोक निवासी २५ वर्षीय सन्दिप बिक. र ३० वर्षीय खडानन्द पौडेल पक्राउ परेका हुन । उनीहरुलाई ७७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्